राज्यले चाहे प्रतिवर्ष साढे तीन लाखलाई रोजगारी दिनसक्छ, कसरी?
वित्तीय संघसंस्थाको लगानी राज्यले व्यवस्थित ढंगले परिचालन गर्दा प्रतिवर्ष सरदर साढे तीन लाख युवालाई रोजगार बनाउन सकिने देखिएको छ । वित्तीय संस्थाहरूको संकलित निक्षेपलाई राष्ट्र बैंकमार्फत लगानी गर्न बनाइएको ऐनअनुसार परिचालन गरेको खण्डमा बर्सेनि तीन लाख ३० हजार रोजगार सिर्जना हुने देखिन्छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)का अनुसार नेपालमा अहिले कुल जनसंख्याको १९.२ प्रतिशत बेरोजगार छन् । तर, अर्थ मन्त्रालयले आर्थिक वर्ष ०७४/०७५ मा गरेको आर्थिक प्रक्षेपणमा देशको कुल जनसंख्याको ३.२ प्रतिशत जनसंख्या मात्रै बेरोजगार देखाउँछ । ०६८ को जनगणना र जनसंख्याको वृद्धिदरअनुसार अहिले मुलुकको जनसंख्या करिब तीन करोड हाराहारीमा छ । सोही अनुपातमा आइएलोको तथ्यांकलाई आधार मान्दा नेपालमा बेरोजगारको संख्या करिब ५० लाखभन्दा माथि रहेको देखिन्छ । वैदेशिक रोजगार विभागका अनुसार दैनिक एक हजारदेखि १५ सयसम्म युवाहरू रोजगारीका लागि त्रिभुवन विमानस्थलको वैधानिक बाटो भएर विदेसिन्छन् । खुला नाका भएको भारत र त्यही बाटो हुँदै अवैधानिक ढंगले विदेसिने युवाहरूको एकिन तथ्यांक सरकारले अहिलेसमम राख्न सकेको छैन । सरका...