Posts

ओली–दाहाल शक्ति संघर्षको चेपुवामा लिलामणि पौड्याल

Image
प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल भर्ना हुनु केही घण्टा अगाडि आइतबार बसेको मन्त्रिपरिषदको बैठकले चीनका लागि नेपालका राजदूत लिलामणि पौड्याललाई फिर्ता बोलाएर पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई सिफारिस गर्ने निर्णय गरेको छ । पूर्व सचिव पौड्याल १३ कात्तिक २०७३ मा चीनका लागि राजदूत नियुक्त भएका थिए । त्यतिवेला नेपाली कांग्रेस, माओवादी केन्द्र र राप्रपाको संयुुक्त सरकार थियो । उनको चार वर्षे कार्यकाल आगामी १२ कात्तिकमा सकिदैछ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार आयोजित प्रेस ब्रिफिङमा उच्च तहको प्रतिनिधित्व गराउन पौड्याललाई फिर्ता बोलाएर पाण्डेलाई सिफारिस गरिएकोे बताए । नेकपा उच्च स्रोत भने पौड्याललाई फिर्ता बोलाउन परराष्ट्रमन्त्रीको तर्क मात्रै पर्याप्त नरहेको बताउँछ । पौड्याल फिर्ता बोलाइएपछि सरकार र नेकपाको आलोचना भइरहेको छ । यद्यपि, नेकपाले यसबारे कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन । पौड्याल फिर्तीको अर्थ पार्टी एकीकरण हुनु अगाडि माओवादी केन्द्रले राजदूत बनाएका पौड्यालप्रति प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष ओली पहिल्यैदेखि...

बुसलाई किन जुत्ता हानेँ मैले?

Image
तस्वीर: वासिङ्गटनइक्ज्यामाइनर • मुम्तजार अल जैदी १४ डिसेम्बर, २००८। प्रधानमन्त्री निवास, बग्दादमा पत्रकार सम्मेलन भइरहेको थियो। सुप्रिम अमेरिकाको सर्वशक्तिमान राष्ट्रपति जर्ज डब्लु बुस भाषण दिँदै थियो।  ‘अमेरिका प्रजातन्त्रप्रति कटिवद्ध छ… अमेरिका मानवअधिकारप्रति प्रतिवद्ध छ…. अमेरिका सारा संसारमा शान्ति चाहन्छ… अमेरिका ह्यान गरिरहेछ…. अमेरिका त्यान गरिरहेछ…. इराकी-अमेरिकी भाइ भाइ…’ बुस मग्नमस्त बकवास गरिरहेको थियो। हामी पत्रकार सुनिरहेका थियौँ, झेलिरहेका थियौँ, बुसलाई सहन गरिरहेका थियौँ। अचानक मलाई के भयो, भयो! बुसका प्रत्येक शब्द हथौडाझैं बज्रिन थाल्यो मेरो मथिंगलमा। मलाई भाउन्न हुन थाल्यो। मेरा आँखावरिपरि विधवा र टुहुराका अनुहारहरू झल्झली आउन थाले। भूत चढेजस्तो, म विक्षिप्त भएँ। मैले जुत्ता खोलेँ र ‘दिस इज ए फेयरवेल किस फ्रम इराकी पिपुल, यु डग (इराकी जनताको बिदाई-चुम्बन लिएर जा, कुकुर !)’ भनेर चिच्याउँदै बिजुलीवेगमा बुसलाई ताकेर हानेँ। तर, उसले कसरी-कसरी छल्न भ्यायो। त्यसपछि एक सेकेन्ड पनि खेर नफाल्दै मैले अर्को जुत्ता हुर् ‍ याएँ बुसमाथि। ‘विधवा, टुहुरा र मारिएका इराक...

हिंसात्मक दिल्ली : भारतमा CAA र NRC को त्रास

Image
हिंसा झनै भड्किएपछि दिल्लीका मुख्यमन्त्री केजरीवालले स्थिति नियन्त्रण बाहिर गएको भन्दै सेना परिचालनका लागि केन्द्र सरकारलाई आग्रह गरेका छन् । भारतमा नागरिकता संशोधन कानून (सीएए) विरुद्धको महीनौंदेखि जारी आन्दोलन ११ फागुन (२३ फेब्रुअरी) देखि हिंसात्मक बनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प १२ फागुनमा भारत भ्रमणमा आएको वेला आन्दोलन झनै हिंसात्मक भयो । दुईदिने भ्रमण सकेर उनी फर्किँदासम्म तीन दर्जनभन्दा बढीको ज्यान गइसकेको छ, सयौँ घाइते छन् । मोदी सरकारले मुस्लिमलाई विभेद गर्ने गरी ल्याएको भनिएको कानूनविरुद्धको आन्दोलनको प्रभाव मुस्लिम विरोधी मानिने ट्रम्पको भारत भ्रमणमा पनि देखियो । एउटा तसमूह ट्रम्पको स्वागतमा जुटिरहेका वेला अर्को समूह सीएएविरुद्धको आन्दोलन चर्काइरहेको थियो । ट्रम्प भारतमा आइनपुग्दै आन्दोलन हिंसात्मक बनिसकेको थियो । सामाजिक सञ्जालमा नागरिकता संशोधन कानूनको समर्थक र विरोधीको कित्ताकाट भइरहेको छ । यसको सबैभन्दा प्रष्ट चित्र भारतीय सञ्चार माध्यमहरूमा देखिन्छ । संशोधित कानूनको पक्षमा रहेका सञ्चार माध्यमहरू अमेरिकी राष्ट्रपति ट्रम्पको स्वागतमा ‘नमस्ते ट्रम्प’ न...

नयाँ राजदूत, पुरानै अपेक्षा !

Image
भारतद्वारा नेपालका लागि नवनियुक्त राजदूत विनयमोहन क्वात्रा। भारतीय राजदूत मञ्जिव सिंह पुरी सेवा अवधि सकिएर गत ३१ डिसेम्बरमा स्वदेश फर्किए । त्यसको एक महीनापछि ३० जनवरीमा मात्रै भारतले विनयमोहन क्वात्रालाई नेपालका लागि नयाँ राजदूत नियुक्त गरेको छ । तर, नियुक्तिको दुई साता बितिसक्दा समेत उनी नेपाल आएका छैनन् । भारतले विश्वका आधा दर्जन शक्तिराष्ट्र र छिमेकी मुलुकका लागि राजदूत तोक्न लामो समय लगाउँदैन । शिवशङ्कर मुखर्जी नेपालबाट २३ अप्रिल २००८ मा फर्किंदा त्यसको दुई दिनपछि नै राकेश सुद नयाँ राजदूत भएर आइसकेका थिए । सुद ११ अगस्ट २०११ मा फर्किएपछि २५ अगस्टमा जयन्त प्रसाद आए । २५ अगस्ट २०१३ मा जयन्त प्रसाद फर्किंदा २ सेप्टेम्बरमा नै रञ्जित रे आए । रेको कार्यकालमा नेपाल–भारत सम्बन्धमा निकै उतारचढाव आयो । संविधान घोषणा रोक्न अन्तिम समयमा गरेको प्रयासमा भारत सफल भएन । लगत्तै मधेश आन्दोलनको बहाना बनाएर भारतले अघोषित नाकाबन्दी लगायो । २८ फेब्रुअरी २०१७ मा रे फर्किएको एक महीनापछि २५ मार्चमा मात्रै मञ्जिव सिंह पुरी काठमाडौं आए । यसपटक र...

हिमाल म्यागेजिनले माओवादीलाई कहिल्यै 'आतंकारी' लेखेन : राजेन्द्र दाहाल

Image
राजाको अप्रत्यासित कदमपछि समाचार कक्षको मनोविज्ञान कस्तो थियो ? त्यो घटना हामी सबैका लागि अभूतपूर्व र अप्रत्यासित थियो । टेलिफोन, इन्टरनेट लगायत सञ्चार सुविधा सबै बन्द गरिएका थिए । हामीलाई त्यस्तो अवस्थाको अनुभव कहिल्यै थिएन । कान्तिपुर दैनिक र द काठमाडौं पोस्ट का सम्पादकलाई दरबारका सचिवले बोलाएर केही निर्देशन दिएको र कार्यालयमा सेना पठाएको खबर सुन्यौं । त्यसपछि प्रकाशक कनकमणि दीक्षित र म कान्तिपुर पुगेर ऐक्यबद्धता जनायौं । दैनिक नभई पाक्षिक पत्रिका भएकाले हामीसँग केही समय थियो । हामी घटनाक्रमको विश्लेषण गर्दै बस्यौं । हामीकहाँ सेना पनि आइसकेको थिएन । हिमाल माथि सेनाको समाचार सेन्सरको दबाब चाहिं कस्तो थियो ? हिमाल को कार्यालयमा पनि क्याप्टेनसहित दुई सैनिक आए । ‘यसो गर्नु, यसो नगर्नू’ भन्न थाले । हामीले विरोध जनाएनौं, किनभने कनिष्ठ अधिकृतसँग दोहोरो तर्कको अर्थ थिएन । पछिपछि भने क्याप्टेन एक्लै आए । पत्रिकाको फाइल बोकेर जान्थे र हाकिमलाई देखाएर, काटछाँट गरेर फर्काउँदै ‘तलमाथि नपरोस्’ भन्थे । सिभिल पोशाकमा...

दश लाखका लागि शहीद घाेषणा !

Image
स्केच: भानु भट्टराई जनआन्दोलन २०६२/६३ पछि बनेका सरकारले करीब ११ हजारलाई शहीदको सूचीमा राखे तर, राणाशासनमा मृत्युदण्ड पाएका चार जनालाई औपचारिक रूपमा शहीद घोषणा गरेको अभिलेख छैन। गएको १० माघदेखि नै शहीद सप्ताहका विविध कार्यक्रम भइरहेका छन् । सरकारले शहीद दिवस मनाउन १६ माघमा शैक्षिक संस्थाहरूलाई विदा दिएको छ । तर, न राज्यले शहीदको परिभाषा निश्चित गरेको छ न संख्या नै यकिन । प्रजातन्त्रको पक्षमा बोलेका कारण राणा शासकले माघ १९९७ मा मृत्युदण्ड दिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई सरकारले कहिले शहीद घोषणा गर्‍यो भन्ने अभिलेख भेटिंदैन । शास्त्रीलाई १० माघ, माथेमालाई १३ माघ र श्रेष्ठ तथा चन्दलाई १५ माघमा मृत्युदण्ड दिएको थियो । उनीहरूको सम्मानमा काठमाडौं नगरपालिकाको संयोजनमा १६ माघ २०१२ देखि शहीद दिवस मनाउन शुरू भएको थियो । सबैभन्दा बढी शहीद घोषणा २०६२/६३ को दोस्रो जनआन्दोलनपछि भएको छ । त्यसपछि बनेका पाँच वटा सरकारले करीब ११ हजारलाई शहीद घोषणा गरे । सरकारमा भएका दलले विविध कारणले मृत्यु भएका आफ्नो दलका कार्यकर्...