Posts

अमेरिकामा रंगभेद विरुद्ध एसियालीहरू #StopAsianHate अभियानमा

Image
अमेरिकामा एसियन मूलका नागरिकमाथि बढ्दो दुर्व्यवहार एसियन मूलका अमेरिकी नागरिकमाथि ‘जेनोफोबिया’ फैलाउन सबैभन्दा बढी ट्रम्पको भूमिका थियो, उनको अभिव्यक्तिपछि घृणा फैलाउने ट्विट ८५ प्रतिशत बढेको थियो अमेरिकी राज्य जर्जियाको राजधानी एट्लान्टाका तीनवटा मसाज पार्लरमा अघिल्लो मंगलबार भएका छुट्टाछुट्टै बन्दुक आक्रमणबाट आठजनाको ज्यान गयो । एक घन्टाको फरकमा भएका ती आक्रमणबाट ज्यान गएका आठमध्ये ६ जना एसियन मूलका महिला थिए । घटनाको दोस्रो दिन एट्लान्टा प्रहरीले रोबर्ट आरोन लंग नामका २१ वर्षीय युवालाई आरोपमा पक्राउ गर्‍यो । प्रहरीले रोबर्टलाई ‘यौन दुर्व्यसन’को समस्या रहेको र त्यसैको ‘प्रतिशोध’मा आक्रमण गरेको हुन सक्ने बतायो । तर, ‘एसियन अमेरिकन तथा प्यासिफिक आइसल्यान्डर’ (एएपिआई) समुदायले भने यसलाई सहजै स्वीकार गरेन । रगंविभेदी मानसिकताका कारण रोबर्टले एसियन मूलका मान्छेलाई आक्रमण गरेको दाबी एएपिआई अभियानको छ । कोरोना महामारीपछि अमेरिकामा एसियन मूलका अमेरिकीहरूमाथि भइरहेको आक्रमण झन् बढेको भन्दै एएपिआईले पछिल्लो घटनापछि सामाजिक सञ्जालमा ‘स्टप एसियन हेट’ अभियानलाई तीव्रता दिएको छ । यसको विरोधमा एट्ल...

नारायणहिटी प्रांगणमा ओलीको ‘मार्केटिङ’

Image
दुई वर्षअघि सामाजिक सुरक्षा कार्यक्रम शुभारम्भ गर्दा ‘नयाँ युगको सुरुवात’ लेखेर सहरका बिजुलीका पोलहरूमा प्रधानमन्त्री केपी ओलीका पोस्टर झुन्ड्याइएका थिए । त्यतिवेला उनले भनेका थिए, ‘सरकार देखेनौँ, सुनेनौँ भन्नेहरूलाई देखाउन यो तामझाम गरिएको हो । आउने कार्यक्रम सरकारले नौमती बाजा बजाएर शुभारम्भ गर्छ ।’ दुई वर्षपछि त्यस्तै ओलीको ‘ब्रान्डिङ’ गरेको तामझामपूर्ण दृश्य दरबारमार्गमा देखियो ।  सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन भएन । बरु पार्टीभित्रको विवाद सुल्झाउन नसकेर प्रधानमन्त्री ओलीले संसद् विघटन गरे र देशलाई राजनीतिक तनाव र मुठभेडतिर धकेलेका छन् । तर, यहीवेला उनी आत्मप्रशंसामा रमाएका छन् । संसद् विघटन गरेकै कारण उनको पार्टी नेकपा राजनीतिक रूपमा विभाजित भइसकेको छ ।  ओली विभाजित पार्टीमा आफ्नो समूहका नेता–कार्यकर्ताबाट जयजयकार खोजिरहेका छन् । तब त ओली सभास्थलमा पुग्दा सभा सञ्चालन गरिरहेका ओली समूहका बागमती प्रदेश इन्चार्ज आनन्द पोखरेलले नारा लगाए, ‘राजनेता केपी ओली– जिन्दावाद ! केपी ओली– जिन्दावाद ! केपी ओली हाम्रो आस्था हुन् !’ एक दिनअगाडि केपी बा आई लभ युको नारा...

कमला ह्यारिसको आफ्नो कुनै परिचय छैन?

Image
ह्यारिस र ओबामाका असीमित समानता  अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसबीच धेरै समानता छन् । जसमा प्रमुख समानता हो, अश्वेत समुदायको प्रतिनिधित्व । त्यसैले पनि होला, जब सन् २०१९ मा कमला ह्यारिसले २०२० को राष्ट्रपति चुनावका लागि उम्मेदवारी घोषणा गरिन्, अमेरिकी सञ्चारमाध्यमहरूले उनका लागि ‘फिमेल ओबामा’ ट्यागको व्यापक प्रयोग गरे । उनलाई यो ‘ट्याग’ सन् २००९ मा पहिलोपटक अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि पत्रकार ग्वेन आइफिलले बाराक ओबामामाथि लेखेको पुस्तक ‘द ब्रेकथ्रुः पोलिटिक्स एन्ड रेस इन द एज अफ ओबामा’माथि एउटा टेलिभिजन अन्तर्वार्ताका क्रममा प्रयोग गरेकी थिइन् । राष्ट्रपति पदको उम्मेदवार बनेपछि भने ह्यारिस आफैँले पनि यसलाई प्रयोग गरिन् । कतिसम्म भने ग्वेनले बोलेको करिब १० वर्षपछि उक्त भिडियो क्लिपलाई ह्यारिसले चुनाव प्रचारका लागि प्रयोग गर्न आफ्नो युट्युब च्यानलमा नै राखिन् । त्योभन्दा बढी अमेरिकी सञ्चारमाध्यमहरूले उनको परिचयका रूपमा यसलाई स्थापित गराइदिए । यदि ह्यारिस आफैँमा क्षमतावान् हुँदैन थिइन्, उनको आफ्नै परिचय हुँदैन थियो, मिहिनेत हुँदैन...

बरालिइरहने वामदेवको पोल्टामा घुमेर आउँछ शक्ति, के होला यसपालि?

Image
सधैं अस्थिर नेताका रूपमा परिचित वामदेव गौतमका लागि त्यही अस्थिर स्वभावले समय–समयमा महत्वपूर्ण अवसर लिएर आएको छ, आफूसँगै अरूलाई पनि लाभ दिलाउँदै। अदालतको आदेशले तत्कालका लागि रोकिएको वामदेवको यस्तो यात्रा यसपालि पनि अघि बढ्ला? स्केच: भानु भट्टराई/हिमालखबर केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्नासाथ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई धेरैले मन्त्रीका रूपमा हेर्न थाले। मन्त्रिपरिषद्मा उनको पोर्टफोलियो के होला? उनले कुन मन्त्रालयको जिम्मेवारी पाउलान्? भन्नेबारे चर्चा तीव्र बन्यो।  २०७४ को आमनिर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट पराजित गौतम राष्ट्रिय सभामा पुग्नका लागि यति ठूलो जोडबल लागेको थियो कि त्यो विघ्न प्रयत्न सांसद बन्नका लागि मात्र होइन भन्ने आमधारणा बन्न पुगेको थियो। त्यहीकारण पनि उनी सांसद बन्दानबन्दै मन्त्रीका रूपमा चर्चा हुन थालेको थियो। लगत्तै शुरू भएको नेकपाको केन्द्रीय सचिवालय बैठकमा यो विषय औपचारिक रूपमै प्रवेश ग¥यो। गौतम छिट्टै मन्त्री बन्ने चर्चा थप चुलियो। तर, गौतमको राष्ट्रिय सभ...

Is China now micro-managing Nepal politics?

Image
Ambassador Hou Yanqi’s mediation ahead of crucial party meeting may have prevented split in NCP L ast week, senior leaders of the Nepal Communist Party publicly called on Prime Minister Oli to resign and retire. Oli looked prepared to split the party rather than step down. Chinese Ambassador for Nepal Hou Yanqui. The party secretariat met again on May Day, and suddenly everything got sorted out. What happened? It is true that  Oli was cornered , and had to wriggle out of the predicament he had got himself into. But political analysts say  hectic behind-the-scenes meetings between  Chinese Ambassador to Nepal Hou Yanqi  and senior leaders last week played a significant role. “We are seeing a new Chinese move towards micro-management of Nepali politics to further its overall foreign policy goals,” says Nepal’s former ambassador to India Lokraj Baral. “It is reminiscent of the role New Delhi used to play till a few years ago.” At the first party secretariat meeting on 2...

चीन पनि ‘माइक्रो म्यानेजमेन्ट’ मा ?

Image
‘ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा गराउने’ तथा ‘पार्टी विभाजन गर्ने’ सम्मका अभिव्यक्ति र आकलनसहित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चुलिएको घर्षण एकाएक कसरी साम्य हुनपुग्यो ? अहिल्यै सम्पूर्ण रूपमा पटाक्षेप भइनसकेको यो प्रकरणको विकासमा चिनियाँ राजदूतको पछिल्लो भेटघाट एउटा कारक हुनसक्ने आकलन गरिएको छ । सत्तारुढ नेकपाभित्र आन्तरिक द्वन्द्व उत्कर्षमा पुगेका वेला नेपालका लागि चिनियाँ राजदूत छोउ यान्छी एकाएक राजनीतिक भेटमा सक्रिय बनिन् । १५ वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारी, १८ वैशाखमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र १९ वैशाखको बिहान शुरूमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र लगत्तै वरिष्ठ नेता माधवकुमार नेपालसँग उनले ‘चिनियाँ कूटनीतिक अनुशासन’ अनुरूप ‘प्रोटोकल’ मिलाएरै भेटघाट गरिन् । चिनियाँ राजदूतको राजनीतिक भेटघाटमा सक्रियतासँगै सत्ता नै फेरबदल हुने भनेर चर्चा गरिएको नेकपाको आन्तरिक द्वन्द्वमा पनि नाटकीय परिवर्तन देखियो । यसलाई नेकपाका नेताहरू संयोग मान्छन् भने कतिपय विश्लेषकहरू चिनियाँ सुक्ष्म व्यवस्थापन (माइक्रो म्यानेजमेन्ट) को परिणाम ! त्यसो त १५ वैशाखमा ...

को नागरिक ? कस्तो नागरिक ?

Image
• कृष्णज्वाला देवकोटा सप्तरीको बरमझियामा रमाइलो पेडा बजार छ, जहाँ १५–२० पसलका नाम एउटा बाजेका नाममा राखिएका छन् । जस्तो, बाजेको पेडा पसल । बाजेको पुरानो पेडा पसल । पुरानो बाजेको पेडा पसल । सक्कली बाजेको पेडा पसल । उही बाजेको सक्कली पेडा पसल । नेपालमा नागरिक समाज पनि बरमझियाको पेडा बजार भएको छ । नाम दर्ता गर्नुपर्ने भए यसका नाम यस्ता हुन सक्थे : सक्कली नागरिक समाज । उही पुरानो सक्कली नागरिक समाज । उही सक्कली नागरिक समाज । पछिल्ला एक महिनामा यो देशमा मनै खिन्न बनाउने थुप्रै समाचार आए । झुक्याएर मिर्गाैला बेचिएकाहरूका चिरिएका पेटका दारुण तस्बिर अखबारमा छापिए । बलात्कारको सिकार भएकी १२ वर्षीया दलित बालिकाले नानी जन्माइन् । दैलेखका एक दलितलाई राज्यको संरक्षण पाएका उच्च जातिले आफैँ सर्वोच्च अदालत बनेर ‘देशनिकाला’ गरे । वर्षौंदेखि ओडारमा जीवन धानिरहेका वृद्धको दारुण चित्रकथा छापियो । ती कोही पनि शिक्षित थिएनन् । तिनका एनजिओ थिएनन् । तिनको मिडिया हाउस थिएन । ती ‘डन’ को मुद्दामा पैसा कमाएका सर्वोच्चका वकिल थिएनन् । पढ्दै नपढेका, एउटा एनजिओ पनि नभएका, एउटा मिडिया हाउस पनि नखोलेका र का...

कतारका हिरासतमा नेपाली श्रमिकमाथि दुर्व्यवहार : बिना तलब निष्कासन, आफ्नै सामान नदिएर घर फिर्ता

Image
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाभाइरसलाई महामारी घोषणा गरेको दोस्रो दिन, २९ फागुन, बिहीबार । सयौं आप्रवासी श्रमिकहरू कार्यरत कतारको राजधानी दोहाको औद्योगिक क्षेत्र, बारवा र लेबरलगायत सहरमा प्रहरीले अन्धाधुन्ध धरपकड सुरु गर्‍यो । हजारौं नेपालीहरू समेत कार्यरत औद्योगिक क्षेत्रमा अचानक प्रहरीको धरपकड र गिरफ्तारी चलेपछि कुनै मेसो नपाएका श्रमिकहरू चकित मात्रै पर्न सके, परदेशमा प्रहरीसँग कुनै प्रश्न गर्न सकेनन् । आवासमा सँगै बस्ने र एउटै कम्पनीमा मजदूरी गर्ने सहकर्मी माथिको हस्तक्षेपको कारण बारे बेखबर उनीहरूले प्रहरीले बोलेको भाषा समेत बुझ्न सकेनन् । एउटा शब्द भने बुझे, 'कोरोनाभाइरस' । त्यो कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण विश्वभर द्रुत गतिमा फैलिइरहेको र महामारी घोषणा भएको दोस्रो दिन थियो । खाडीका गल्फ को-अपरेसन काउन्सीलका सदस्य मुलुकहरूमा संक्रमितको संख्या विस्तारै उकालो लाग्ने क्रममा थियो । कतारमा मात्रै त्यस दिनसम्म संक्रमितको संख्या २६२ पुगिसकेको थियो । प्रहरीले धरपकड दोस्रो दिन पनि जारी राख्यो । को को गिरफ्तार हुने र कहाँ लगिने हो भन्ने कसैलाई थाहा थिएन । ...