Posts

एसपीपीको पटाक्षेप : नेपालले मागेको थियो, नेपाल नै खारेज गर्नसक्छ

Image
२ असार, काठमाडौं । राजनीतिक दलहरुबीच आरोप–प्रत्यारोप चलिरहको अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को पटाक्षेप भएको छ ।  २७ अक्टोबर २०१५ मा नेपाली सेनाका तत्कालीन प्रधानसेनापतिले लेखेको एउटा पत्र सार्वजनिक भएसँगै एसपीपीमा सहभागी हुन पत्राचार गरेको खुलेको छ भने नेपालले चाहेमा अमेरिकालाई जानकारी दिएर बाहिरिनसक्ने प्रष्ट भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणसँगै एसपीपी बहसमा आएको थियो । एसपीपी के हो ? त्यसको सम्झौता प्रस्तावमा के छ ? कसले एसपीपीमा सहभागी हुन सुरु भएको थियो ? र, अब के हुन्छ ? जस्ता आशंकापूर्ण प्रश्नहरूले केही दिनयता मुलुकको राजनीतिक, कूटनीतिक र सैन्य वृत्तमा मात्रै नभएर नागरिकस्तरमा समेत व्यापक चर्चा पाएको थियो । बिहीबार साँझसम्म आइपुग्दा धेरैजसो प्रश्नको उत्तर आएको छ । पत्र नेपाली सेनाले नै पठाएको थियो एसपीपीमा सहभागी हुने निर्णय कसले गर्‍यो भनेर राजनीतिक दलहरुबीच आरोप प्रत्यारोप सुरु भएको थियो । देउवा सरकारमाथि प्रश्न गरिरहेको प्रमुख प्रतिपक्षी नेकपा एमालेले २०१५ मा सुशील कोइराला सरकार रहेको बताइरहेको थियो । बिहीबार सत्तारुढ माओवादी केन...

बढ्दो अमेरिकी सक्रियता: नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा बदलावको छनक !

Image
  यसै पनि शक्ति राष्ट्रहरूको चहलपहलले तल-माथि भइरहने नेपाली राजनीति पछिल्लो समय अमेरिकाले राजनीतिक र सैन्य दुवै क्षेत्रबाट जनाएको बाक्लो उपस्थितिका कारण थप तरंगित छ । २७ जेठ, काठमाडौं । अमेरिकी उपविदेशमन्त्री उज्रा जेयाले नेपाल भ्रमण गरेको एक महिना नबित्दै अमेरिकी सेनाका एशिया प्रशान्त क्षेत्र हेर्ने  कमान्डका जर्नेल चार्ल्स  एन्थोनी फ्लिन बिहीबार काठमाडौं आइपुगे का छन् । उपविदेशमन्त्री जेयाकै शैलीमा छिमेकी मुलुक भारतहुँदै काठमाडौं उत्रिएका जर्नेल फ्लिनको आगमनले यहाँको राजनीतिक र कूटनीतिक वृत्त तरंगित बनेको छ । तरंग पैदा हुनुका पछाडि सैनिक जर्नेलको भ्रमण मात्रै होइन, पछिल्लो समय नेपालमा देखिएको अमेरिकी सघन आवतजावत र परराष्ट्र सम्बन्ध सञ्चालनमा नेपाल सरकारले देखाएको व्यवहार मुख्य कारण रहेको विश्लेषण हुन थालेको छ । बिहीबार मध्याह्न साढे १२ बजे फ्लिन त्रिभुवन विमानस्थलमा अवतरण गर्दै गर्दा संसदको जारी प्रतिनिधिसभा बैठकमा सांसदहरूले उनको भ्रमणका विषयमा सदनलाई जानकारी गराउनुपर्ने माग राखिरहेका थिए । पूर्व गृह र रक्षामन्त्री समेत रहेका एमाले नेता भीम रावल र पूर्व शिक्षामन्त्री ग...

सरकार पश्चिम ढल्किँदा उत्तर फर्किए ओली !

Image
  सरकारको परराष्ट्र नीति असन्तुलित रहेको बताइरहँदा पूर्वप्रधानमन्त्री ओलीले दुईवटा छिमेकी मुलुक भारत र चीनसँग जोडिएका केही संवेदनशील मुद्दाहरू उठाए, जसमा एउटा मुलुकप्रति आलोचनात्मक हुँदा उनी अर्कोप्रति बढी नै सद्भावजनक सुनिए । १३ जेठ, काठमाडौं । सरकारले अवलम्बन गरिरहेको परराष्ट्र नीतिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार संसदमा अर्थपूर्ण टिप्पणी गरे । संसदमा पेस भएको नीति तथा कार्यक्रममाथि मन्तव्य राख्ने क्रममा उनले सरकारको परराष्ट्र नीति असन्तुलित रहेको पुष्टि गर्ने कोशिस मात्रै गरेनन्, प्रधानमन्त्री शेरबहादुर देउवाले त्यसको जवाफ समेत दिनुपर्ने बताए । तर, संसदमा करिब तीन घण्टा बोलेका ओली आफैंले पनि सन्तुलित अभिव्यक्ति भने दिएनन् । सरकारको परराष्ट्र नीति असन्तुलित रहेको बताइरहँदा उनले दुईवटा छिमेकी मुलुक भारत र चीनसँग जोडिएका केही संवेदनशील मुद्दाहरू उठाए, जसमा एउटा मुलुकप्रति आलोचनात्मक हुँदा उनी अर्कोप्रति बढी नै सद्भावजनक सुनिए । भारतबारे के बोले ? भारतसँग सम्बन्धित दुईवटा विषयमा एमाले अध्यक्ष ओली आलोचनात्मक रूपमा प्रस्तुत भए । पहिलो विषय थ...

भाजपा कार्यालयमा देउवा : सम्बन्ध सुधारका नाममा ‘उत्ताउलो’ कूटनीति

Image
  १८ चैत, काठमाडौं । भारतको तीन दिने औपचारिक भ्रमणमा दिल्ली पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा पहिलो दिनै त्यहाँको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को कार्यालय पुगेका छन् । मुलुकको प्रधानमन्त्रीका हैसियतमा भ्रमणमा गएका देउवाले विपक्षी दलका नेतासँग भेटघाट गर्ने कार्यसूचीसमेत छैन । तर सत्तारुढ भाजपाको भने पार्टी कार्यालय पुगेपछि दुवै देशको कूटनीतिक वृत्तमा तरंग पैदा भएको छ । त्रिभुवन विश्वविद्यालयको राजनीति शास्त्र विभागमा अन्तर्राष्ट्रिय सम्बन्ध अध्यापनरत प्रा.डा. पुष्पराज अधिकारी प्रधानमन्त्री देउवा भाजपाको पार्टी कार्यालय जाने निर्णय ‘कूटनीतिक प्रोटोकल’ विपरित भएको बताउँछन् । भन्छन्, ‘कांग्रेसको सभापति भएर उहाँ भ्रमणमा जानु भएको हो भने कुनै अमुक पार्टीको कार्यालयमा पनि जान मिल्छ । तर मुलुकको प्रधानमन्त्री कुनै पार्टीको अध्यक्षलाई भेट्न उसको कार्यालयमा जान प्रोटोकलले मिल्दैन ।’ देउवा नेपालको प्रधानमन्त्रीका हैसियतमा भ्रमणमा गएको वा नेपाली कांग्रेसको सभापतिको हैसियतमा गएको हो भन्ने फरक छुट्याउनुपर्ने  अधिकारी बताउँछन् । प्रधानमन्त्री देउवालाई दिल्लीको ईन्दिरा गान्धी अन्त...

काकाकुल बस्तीमा ‘नाचघर’

Image
  यो काकाकुल गाउँमा सरकारले ‘सांस्कृतिक डबली’ बनाइरहेको छ, त्यो पनि आठ किलोमिटर टाढाबाट ट्रयांकरमा पानी ओसारेर । अस्पताल हुन्थ्यो भने उपचार गर्न घोराही जानु पर्दैनथ्यो । ट्यांकी हुन्थ्यो भने हरेक दिन केही घण्टा हिँडेर एक गाग्री पानी ल्याउने बाध्यता हट्थ्यो । तर डबलीले आफूहरुको समस्या समाधन नहुने भएपछि गाउँलेलाई त्यसबारे चासो छैन । ३० चैत, घोराही । पन्ध्र वर्षको कलिलो उमेरमा विवाह गरेर घोडदौरा, दाङ आएकी शोभा परियारको उमेर अहिले ५५ वर्ष पुग्यो । शोभालाई ४० वर्षअघिको विवाह पछिको पहिलो दिन अझै याद छ । बिहान साढे चार बजे अढाई घण्टा हिँडेर कापर खोलाबाट ल्याएको एक गाग्री पानीले खाना बनाएर घरगृहस्थी सुरू गरेकी थिइन् उनले । शोभा परियार । बुढ्यौली लाग्न थालिसक्यो । जीन्दगीले कयौं रंगहरू फेरिसक्यो । ४० वर्ष लामो सफरमा उनले धेरै गोरेटाहरू छिचोलिसकिन् । तर एक गाग्री पानीका लागि अढाई घण्टा लामो यात्रा तय गर्नुपर्ने बाध्यता भने जस्ताको तस्तै छ । केही राहत नभएको होइन । ०५४ सालमा भारतीय दूतावासको सहयोग र स्थानीय बासिन्दाको श्रमदानमा घोडदौरा गाउँमा पानीको धारा आइपुग्यो । एक गाग्री पानीका लागि हिँड्न...