Posts

WRITINGS

नेता बन्न आफैं दल खोल्ने कम्युनिस्ट महारोग

Image
कभर स्टोरी : निर्वाचन आयोगमा दर्ता भएका ११९ दलमध्ये दुई दर्जन माथि कम्युनिस्ट पार्टी मात्रै छन् । यसमा अध्यक्ष बिरामी हुँदा पार्टी नै थला पर्ने, उपाध्यक्षको नाम अध्यक्षलाई थाहा नहुने र सदस्यमध्ये आधाको भोट पनि नपाउने कम्युनिस्ट पार्टी समेत छन् । ११ फागुन, काठमाडौं । नेकपा मार्क्सवादी (पुष्पलाल) का अध्यक्ष मानध्वज गुरुङ डेढ महिनादेखि अस्वस्थ छन् । जसका कारण उनको पार्टीले सञ्चालन गरिरहेको प्रशिक्षण दुई महिनादेखि स्थगित छ । कहिले सञ्चो हुन्छ र पार्टीको प्रशिक्षण सुरु हुन्छ भन्ने अध्यक्ष गुरुङलाई पनि थाहा छैन । गुरुङ कम्युनिस्ट पार्टीमा लागेको झण्डै पाँच दशक नाघ्यो । उनी अध्यक्ष रहेको यो पार्टीको इतिहास पनि लामै छ । २०२८ सालको झापा विद्रोहपछि बनेका विभिन्न कम्युनिस्ट घटकमध्येकै एक हो, नेकपा मार्क्सवादी । गुरुङ सुरुदेखि नै यही पार्टीमा लाग्दै आएका कम्युनिस्ट कार्यकर्ता हुन् । २०४७ सालमा मार्क्सवादी र नेकपा (माले) एकीकरण भएर नेकपा एमाले बन्यो । उनी पनि केही समय एमालेमा बसे । तर, २०४९ सालमा एमालेको पाँचौं महाधिवेशनमा तत्कालीन महासचिव मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) कार्यक्

निरन्तर ४० वर्षदेखि नेतृत्वदायी भूमिकामा झलनाथ र माधव

Image
  आफूले उत्पादन गरेका कार्यकर्ता नै पार्टी हाँक्न योग्य भइसक्दा पनि माधव र झलनाथ पद छाड्ने मुडमा छैनन् । अझै पनि आफू नै योग्य भएको दलिल पेश गर्दै उनीहरु नेतृत्वको भित्री दौडमा छन् । १७ माघ, काठमाडौं । रामकुमारी झाँक्री पाँच वर्षकी छँदा झलनाथ खनाल नेकपा (माले) का महासचिव चुनिएका थिए । ०३९ सालमा मालेको केन्द्रीय समिति सदस्यबाट एकैपटक महासचिव हुँदै गर्दा खनालले तत्कालिन मालेका चार जना पोलिटब्यूरो सदस्यमध्ये एक माधव कुमार नेपाललाई समेत उछिनेका थिए । महासचिव सीपी मैनालीसँगै पोलिटब्यूरोमा रहेका नेपाल, जीवराज आश्रित र मोदनाथ प्रश्रितलाई उछिनेर खनाल पार्टीको महासचिव बनेका थिए । त्यसको ४० वर्षपछि आज माधव नेपाल अध्यक्ष र खनाल सम्मानित नेता रहेको पार्टी एकीकृत समाजवादीमा रामकुमारी झाँक्री सचिव भइसकेकी छन् । लोकतान्त्रिक गणतन्त्र ल्याउन ०६२/६३ मा चलेको जनआन्दोलनकी ‘पोस्टर गर्ल’ मानिएकी झाँक्री एकीकृत समाजवादीभित्र नेपाल र खनाल दुवै नेतालाई सिधासिधा चुनौती पेस गर्ने एक मात्रै शक्तिशाली नेतृ हुन् । तर उनले जतिसुकै चुनौती दिए पनि शीर्ष नेताहरुले आफनो पद छाड्ने कुनै संकेत छैन । किनभने अहिले पनि नेपाल

अछूत भनेर शिक्षक बन्न नपाएका विश्वकर्मा अब राष्ट्रिय सभामा

Image
  ‘पाँचपटक भन्दा बढी जागिरका लागि कोशिश गरें । कामीको छोरो, केटाकेटीको खाजा छोइन्छ भनेर जागिर पाइएन ।’ ११ माघ, काठमाडौं । गाउँकै विद्यालयमा सजिलै जागिर पाएको भए, अनि जागिर ठीकठाक चलिरहेको भए विष्णुबहादुर विश्वकर्मा यतिबेला अवकाश पछिको जीवन बिताइरहेका हुन्थे । तर न उनले सजिलै जागिर पाए न पाएको जागिर ठीकठाक चल्यो । उनी जागिर छाडेर राजनीतिमा होमिए । ३४ वर्षपछि विश्वकर्मा कर्णाली प्रदेशबाट बिहीबार राष्ट्रिय सभा सदस्यमा विजयी हुन पुगे । शिक्षकको जागिर छाड्न बाध्य पारिएपछि राजनीतिमा होमिएका विश्वकर्माले विद्वतहरूको थलो भनिने राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन् । जुन सामाजिक कुरीतिले उनलाई शिक्षकको जागिर गर्ने अवसरबाट वञ्चित गरायो, त्यसैका विरुद्ध विद्रोहको विगुल फुक्दाफुक्दै विष्णुलाई राष्ट्रिय सभा सदस्य बनेर कानुन निर्माणमा सहभागी बन्ने अवसर जुरेको छ । दुर्गमको पर्याय मानिन्छ कर्णाली । कर्णालीको कालिकोट त्यसको पनि अग्रपंक्तिमा नै आउँछ । त्यही वस्तीको दलित समुदायमा जन्मिएका विश्वकर्माले यहाँसम्म पुग्न अनेकौं सामाजिक र राजनीतिक हन्डर भोगेका छन् । राष्ट्रिय सभा सदस्य जीवन

माओवादीको नयाँ विधान : पदाधिकारी नियुक्तिमा प्रचण्ड नै सर्वेसर्वा

Image
  ३ माघ, काठमाडौं । सत्तारुढ माओवादी केन्द्रले अर्को महिना विधान अधिवेशन गर्ने निर्णय गर्दै विधानको मस्यौदा तल्लो कमिटीसम्म पठाएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले २९ पुसमा पठाएको सर्कुलरमा वडादेखि प्रदेशसम्म छलफल गरी २४ माघभित्र लिखित सुझाव केन्द्रीय कार्यालयमा पठाउन भनिएको छ । तल्लो तहमा पठाइएको विधानमा केन्द्रीय समितिको आकारलाई घटाएर १५१ सदस्यीय बनाउने भनिएको छ । त्यसको एक तिहाई पोलिटब्यूरो हुनेछ, पोलिटब्यूरोको एक तिहाई स्थायी समिति र पदाधिकारी हुनेछ । प्रदेश, जिल्ला, स्थानीय तह मात्र होइन, वडा तहमा समेत पदाधिकारीको संख्या तोकिएको छ । उपाध्यक्ष, सचिव, सहसचिव कतिकति जना रहने भन्ने प्रष्ट किटान गरिएको छ । तर केन्द्रमा भने पदाधिकारीको संख्या तोकिएको छैन । महाधिवेशन हललाई पदाधिकारी चयनको अधिकार पनि दिइएको छैन । पोलिटब्यूरोको एक तिहाइ स्थायी समिति/पदाधिकारी हुने भन्दै प्रस्तावित विधानको धारा १६ (४) (ख)मा भनिएको छ, ‘केन्द्रीय समितिले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष चयन गर्ने छ ।’ माओवादीले आगामी फागुन १ देखि ३ गतेसम्म विध

राष्ट्रिय सभा अनुभव : विमलाले पाएको ‘सरप्राइज’ अवसर

Image
राष्ट्रिय सभा सदस्य विमला राई पौड्यालका शब्दमा ‘केही सिक्दै, केही गर्दैै उनको ६ वर्ष सकियो ।’ राष्ट्रपतिबाट मनोनीत भएर पनि कतिपय राजनीतिक मुद्दामा पक्ष लिएको भन्ने बाहेक उनले एउटा विज्ञ सदस्यको भूमिका नै पूरा गरिन् । २६ पुस, काठमाडौं । संविधानले राष्ट्रिय सभाको परिकल्पना प्रदेशहरूको समानुपातिक प्रतिनिधित्व र व्यवस्थापकीय शक्ति–सन्तुलनका लागि गरेको छ । तर दलहरूले संविधानको मर्म विपरीत कार्यकर्ता व्यवस्थापन गर्ने ठाउँको रूपमा राष्ट्रिय सभालाई प्रयोग गरिरहेका छन् । त्यसैले यसको गरिमामाथि प्रश्न उठिरहेको छ । आगामी १२ माघमा हुने राष्ट्रिय सभा चुनावको मुखमा यो बहस थप पेचिलो बनेको छ । एउटा आरोप दलहरूमाथि छ कि– राष्ट्रिय सभा कार्यकर्ता व्यवस्थापनको थलो मात्रै भयो । दलहरूले उम्मेदवार बनाएका नेताहरूको सूचीले यो आरोपलाई बलियोसँग पुष्टि गर्छ । राष्ट्रिय सभालाई विज्ञहरूको सभा पनि भनिन्छ । विभिन्न क्षेत्रबाट समावेशी प्रतिनिधित्व देखिनु यसको अर्को सुन्दर पक्ष हो । यस क्रममा कतिपय थोरैले त्यहाँ आफ्नो कार्यकौशल प्रदर्शन गरेका छन् । त्यसको एक उदाहरण हुन्, विमला राई पौड्याल । २०७४ सालमा राष्ट्रिय सभाका ५