Posts

Showing posts from March, 2019

को–को किन चाहन्छन् जनमतसंग्रह ?

Image
संसद्मा दुईतिहाइको निर्णयबाट राजनीतिक विषयमा जनमतसंग्रहमा जान सकिने संवैधानिक व्यवस्था नयाँ संविधान घोषणा भएको तीन वर्ष मात्रै नाघ्दैछ । तर, संविधानका प्रावधानहरूमा संशोधन चाहने स्वर सुस्तसुस्त बढ्न थालेको छ । फरक–फरक एजेन्डामा राजनीतिक शक्तिहरूले जनमतसंग्रहको माग गर्न थालेका छन् ।कांग्रेस महामन्त्री शशांक कोइरालाले बुधबार गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताबारे जनमतसंग्रह गर्नुपर्ने आफ्नो पुरानै धारणा दोहो-याए । यो उनको नयाँ विचार होइन । नेपालको प्रजातन्त्रिक आन्दोलनका अगुवा बिपी कोइरालाका पुत्र र प्रमुख प्रतिपक्षी कांग्रेसका निर्वाचित महामन्त्रीसमेत रहेका कोइरालाले उठाएको जनमतसंग्रहको मागले राजनीतिमा पटकपटक तरंग पैदा हुने गरेको छ ।  कांग्रेसमा उनीभन्दा पहिले नेता खुमबहादुर खडकाले हिन्दूराष्ट्र कायम गरिनुपर्ने आवाज उठाइरहेका थिए । उनको निधनपछि महामन्त्री कोइराला नै कांग्रेसभित्र हिन्दूराष्ट्र पक्षधरका प्रभावशाली नेता देखिएका छन् । उनले पटकपटक जनमतसंग्रहको माग गर्दै आएका छन् ।प्राध्यापक लोकराज बराल यसलाई नेपाली राजनीतिमा देखिएको न्यूनतम नैतिकताको खडेरिका रूपमा व्याख्या गर्छन् । ग