Posts

Showing posts from February, 2021

नारायणहिटी प्रांगणमा ओलीको ‘मार्केटिङ’

Image
दुई वर्षअघि सामाजिक सुरक्षा कार्यक्रम शुभारम्भ गर्दा ‘नयाँ युगको सुरुवात’ लेखेर सहरका बिजुलीका पोलहरूमा प्रधानमन्त्री केपी ओलीका पोस्टर झुन्ड्याइएका थिए । त्यतिवेला उनले भनेका थिए, ‘सरकार देखेनौँ, सुनेनौँ भन्नेहरूलाई देखाउन यो तामझाम गरिएको हो । आउने कार्यक्रम सरकारले नौमती बाजा बजाएर शुभारम्भ गर्छ ।’ दुई वर्षपछि त्यस्तै ओलीको ‘ब्रान्डिङ’ गरेको तामझामपूर्ण दृश्य दरबारमार्गमा देखियो ।  सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन भएन । बरु पार्टीभित्रको विवाद सुल्झाउन नसकेर प्रधानमन्त्री ओलीले संसद् विघटन गरे र देशलाई राजनीतिक तनाव र मुठभेडतिर धकेलेका छन् । तर, यहीवेला उनी आत्मप्रशंसामा रमाएका छन् । संसद् विघटन गरेकै कारण उनको पार्टी नेकपा राजनीतिक रूपमा विभाजित भइसकेको छ ।  ओली विभाजित पार्टीमा आफ्नो समूहका नेता–कार्यकर्ताबाट जयजयकार खोजिरहेका छन् । तब त ओली सभास्थलमा पुग्दा सभा सञ्चालन गरिरहेका ओली समूहका बागमती प्रदेश इन्चार्ज आनन्द पोखरेलले नारा लगाए, ‘राजनेता केपी ओली– जिन्दावाद ! केपी ओली– जिन्दावाद ! केपी ओली हाम्रो आस्था हुन् !’ एक दिनअगाडि केपी बा आई लभ युको नारा लागेको थ