Posts

Showing posts from March, 2020

कोरोनाभाइरसले पर्दाफास गरेको राजनीतिको शक्ति

Image
स्केच : बेन जेनिङ्स/गार्डियन •  डेभिड  रन्सिम्यान हामी सुनिरहेका छौं, यो एउटा भयावह युद्ध हो । के साँच्चै कोरोनाभाइरसको संक्रमण एउटा भयावह युद्ध हो? कुन आधारले मानौं कि यसले युद्धको झल्को दिन्छ भनेर? स्पष्ट छ, राजनीतिसँग यसको कुनै तर्क र जवाफ छैन। त्यसैले राजनीतिकर्मीले यसलाई युद्ध भनिदिएका छन्। प्रधानमन्त्रीले टेलिभिजनमा राष्ट्रका नाममा सम्बोधन गर्दै स्वतन्त्रता नियन्त्रण गर्ने भाषण गरिरहेका बेला विपक्षीहरू त्यसको समर्थनमा ताली बजाउँछन् । संसद छ, जो यो सब गर्ने थलो बनेको छ तर त्यसको आफ्नै गति छ । मानिसहरू घरभित्र थुनिएका छन् । उनीहरूको लडाइँ घरभित्रै सीमित भएको छ । राष्ट्रिय एकताको सरकार बनाउने विषयमा बहस चलिरहेको छ । तर वास्तबमा राजनीति पूरापूर गायब भएको छ। तर यो राजनीतिका लागि पूर्णविराम होइन । यो राजनीतिक कमजोरीहरूको खुलासा हुने एउटा अवस्था मात्रै हो । लोकतन्त्रमा हामी राजनीतिलाई हाम्रो समर्थनमा विभिन्न पार्टीबीच हुने प्रतिस्पर्धाका रुपमा बुझ्छौं । हामी राजनीतिक जीवनमा को के बन्छ भन्ने विषयमा बढी केन्द्रित हुन्छौं । हामीले भोट दिएपछि ऊ के बन्छ, हाम्रा लागि कसले के

कोरोनाभाइरसको महामारीपछि मानव जीवन

Image
सौजन्य: डब्लूएचओ/गेट्टीईमेज के कोभिड-१९ ले सँधैको लागि हाम्रो जीवनलाई बदलिदिन्छ?  प्राविधि, अर्थशास्त्र, चिकित्सा र राजनीतिक विशेषज्ञहरूका विचार •  जहीना रशीद / अल्जजीरा हामीलाई थाहा छ, कोभिड-१९ को महामारीले हाम्रो जीवनको गतिलाई तहसनहस पार्दैछ । यतिबेला विश्वको एक चौथाईं जनसंख्या घरभित्र बन्दी बनेको छ, दर्जनौं राष्ट्रहरू लकडाउन भएका छन् । विश्वका धेरै स्थानमा सीमाहरू शिल गरिएका छन् । विमानस्थल, होटल र व्यापार बन्द भएका छन् भने स्कुलहरू स्थगन गरिएका छन् । यसले समाजमा ठूलो उथलपुथल श्रृजना गरेको छ । अर्थतन्त्र धराशायी बनेको छ भने कामदारहरू बेरोजगार बनेका छन् । साथै भोकमरी शुरू भएको छ । जे-जे भई रहेको छ त्यसले अब विश्वको जीवनशैलीलाई दीर्घकालिन रुपमा नै बदल्छ भन्ने विश्लेषण हुन थालेको छ । अब मानिसले आफ्नो खानपान, रहनसहन, पूजा-पाठ, खेलकुद, काम गर्ने शैली वा मानिसको दैनन्दिन्को जीवनशैलीमा व्यापक परिवर्तन गर्नेछन् भन्ने विश्लेषकहरूको अनुमान छ । धेरैको भनाई छ, महामारीपछिको दुनियाँ यस अघिको भन्दा खराब हुनेछैन, अझैं राम्रो हुनेछ । त्यसोभए कस्तो देखिएला हाम्रो भविष्य ? चिक

विपदमा धनीको सम्झना !

Image
जब संकट पर्छ, समाजले सहयोग गर्न सक्ने व्यक्ति वा संस्थासँग अपेक्षा गर्छ । हुनेहरूले दान गर्छन्, नहुनेले अपेक्षा गर्छन् । कोही अपवाद हुन्छन्, जो टुलुटुलु हेरेर पनि बस्छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले महामारी घोषणा गरेको कोरोनाभाइरस (कोभिड-१९) को संक्रमणले विश्व पूरै भयभीत बनेको छ । हजारौंको ज्यान गइसकेको छ, लाखौं मानिस अस्पतालको शैय्यामा छटपटाइरहेका छन् । करीब १८५ भन्दा बढी मुलुकमा भाइरसको संक्रमण फैलिसकेको छ । कतिपय मुलुक जोखिमको उच्च सम्भावनामा छन् । कतै रोकथामको प्रयास भइरहेको छ भने कतै संकट समाधानका लागि प्रयास भइरहेको छ । नेपालमा पनि एक जनामा कोरोनाभाइरसको संक्रमण देखिएको थियो, अहिले उपचारपछि सञ्चो भएर उनी घर फर्किएका छन् । खुला सीमाना भएको भारतमा आधा दर्जनभन्दा बढीको ज्यान गइसकेको छ, सयौंमा संक्रमण देखिएको छ । छिमेकी चीन त यसको उद्गम थलो नै हो । जहाँ हजारौंले ज्यान गुमाए, लाखौं उपचार गराइरहेका छन् । यस्तो संकटको समयमा विश्वको पुँजी बजारका धनीमानीहरूले आर्थिक सहयोगको घोषणा गरिरहेका छन् । सफ्टवेयर कम्पनी माइक्रोसफ्टका मालिक बिल गेट्स, अर्बपति वारेन बफेट, अमेजनक