Posts

Showing posts from March, 2023

अनुवाद: २० वर्षपछि अमेरिकी छनौटको इराक युद्धलाई फर्केर हेर्दा

Image
  रिचर्ड एन. हास सन् २००३ मा इराक आक्रमणपछि सद्दाम हुसेनको तस्वीर अगाडि बसिरहेका अमेरिकी सैनिक । Pic:CFR/Getty Image पत्रकारको तुलनामा इतिहासकारसँग समयको चिन्ता गर्नु नपर्ने एउटा सुविधा हुन्छ । इतिहासकारलाई घटना घटेको समय र त्यस बारे लेख्ने समय बीचको केही वर्ष वा दशकको समय उपलब्ध हुन्छ । ऐतिहासिक पाटोबाट हेर्दा बीस वर्ष पक्कै पनि धेरै समय होइन । तर मार्च २००३ मा अमेरिकाले इराकविरुद्ध सुरु गरेको युद्धलाई बुझ्नका लागि यो पनि हाम्रा लागि पर्याप्त हुन्छ । रिचर्ड एन. हास/Pic:Invesco विना संकोच , युद्ध सुरु भएको दुई दशक बितिसक्दा पनि यसको विरासतलाई लिएर एकमत छैन । यो अपेक्षित पनि हो । किनभने , सबै युद्धहरू तीन पटक लडिन्छन् । पहिले , युद्धमा जाने निर्णयलाई लिएर राजनीतिक र घरेलु संघर्ष हुन्छ । त्यसपछि , वास्तविक युद्ध हुन्छ , जुन मैदानमा लडिन्छ । अन्त्यमा , युद्धको महत्वमाथि लामो बहस हुन्छ । जहाँ युद्धमा भएको लगानी र त्यसबाट प्राप्त फाइदाको तुलना हुन्छ । साथै , युद्धको सिकाई बारे छलफल हुन्छ र भावि रणनीति तय गरिन्छ । इराकमाथि हस्तक्षेपको निर्णय   इराक युद्धमा जाने अमेरिकी निर्णयलाई निम्