Posts

Showing posts from January, 2021

कमला ह्यारिसको आफ्नो कुनै परिचय छैन?

Image
ह्यारिस र ओबामाका असीमित समानता  अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसबीच धेरै समानता छन् । जसमा प्रमुख समानता हो, अश्वेत समुदायको प्रतिनिधित्व । त्यसैले पनि होला, जब सन् २०१९ मा कमला ह्यारिसले २०२० को राष्ट्रपति चुनावका लागि उम्मेदवारी घोषणा गरिन्, अमेरिकी सञ्चारमाध्यमहरूले उनका लागि ‘फिमेल ओबामा’ ट्यागको व्यापक प्रयोग गरे । उनलाई यो ‘ट्याग’ सन् २००९ मा पहिलोपटक अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि पत्रकार ग्वेन आइफिलले बाराक ओबामामाथि लेखेको पुस्तक ‘द ब्रेकथ्रुः पोलिटिक्स एन्ड रेस इन द एज अफ ओबामा’माथि एउटा टेलिभिजन अन्तर्वार्ताका क्रममा प्रयोग गरेकी थिइन् । राष्ट्रपति पदको उम्मेदवार बनेपछि भने ह्यारिस आफैँले पनि यसलाई प्रयोग गरिन् । कतिसम्म भने ग्वेनले बोलेको करिब १० वर्षपछि उक्त भिडियो क्लिपलाई ह्यारिसले चुनाव प्रचारका लागि प्रयोग गर्न आफ्नो युट्युब च्यानलमा नै राखिन् । त्योभन्दा बढी अमेरिकी सञ्चारमाध्यमहरूले उनको परिचयका रूपमा यसलाई स्थापित गराइदिए । यदि ह्यारिस आफैँमा क्षमतावान् हुँदैन थिइन्, उनको आफ्नै परिचय हुँदैन थियो, मिहिनेत हुँदैन थिय