Posts

Showing posts from September, 2023

मर्यादा नाघ्ने तीव्र दौडमा चिनियाँ कूटनीतिज्ञ

Image
फाउन्डेशन अफ ट्रान्स हिमालयन रिसर्च एन्ड स्टडिजले शनिबार काठमाडौँमा आयोजना गरेको ‘विश्व अर्थतन्त्रमा चीन र नेपालमा यसको प्रभाव’ कार्यक्रममा मन्तव्य व्यक्त गर्दै नेपालका लागि चिनियाँ राजदूत छेन सङ । तस्वीर : रासस - दिपेश शाही छिमेकी मुलुक चीनका राजदूत छेन सङले गएको शनिबार राजधानीमा आयोजित एउटा कार्यक्रममा नेपालको अर्को छिमेकी भारतसँगको व्यापार सम्बन्धमाथि गरेको टिप्पणी विवादित बनेको छ । प्रायः मौन स्वरूपमा देखिने चिनियाँ कूटनीतिज्ञ पछिल्लो समय आक्रामक अभिव्यक्ति दिन थालेका छन् । पछिल्ला वर्षमा यसरी आक्रामक अभिव्यक्ति दिने राजदूत छेन पहिलो चिनियाँ कूटनीतिज्ञ होइनन् । राजदूत छेनले आफ्नो कार्यकाल सम्हाल्न नेपालमा आएको आठ महिना पुगेको छ । तर उनको विवादास्पद अभिव्यक्ति भने यो पहिलो होइन । यसअघि उनले पोखरा विमानस्थललाई चीनको बेल्ट एन्ड रोड इनिसियटीभ (बीआरआई) परियोजनाको फल्गायगसिप आयोजना भएको बताएका थिए । छिमेकी मुलुक भारतबाट हवाई रुट ल्याउने मेहनत गरिरहेको नेपालका लागि उनको अभिव्यक्तिले अप्ठेरो सिर्जना गरिरहेको बुझाइ छ । भारतले अहिलेसम्म बीआरआईलाई स्वीकार गरिसकेको छैन । यसै पनि चीनको लगानी रह