Posts

Showing posts from September, 2019

सूचनासँग किन डराउँछ पुलिस ?

Image
शनिबार बालाजु क्षेत्रबाट पुलिसले ७ जनालार्इ २ थाल पेस्तेलसहित पक्राउ गर्यो। अनुसन्धानमा असर पर्न सक्ने बहाना बनाउँदै पुलिसले त्यस विषयको कुनै सूचना सार्वजनिक गर्न चाहेन। पक्राउ परेको विषय सञ्चारकर्मीबाट छिप्न सकेन , समाचारहरु सार्वजनिक भए। तर , उनीहरु को हुन् र के कारण पक्राउ परे भन्ने विषय खुल्न सकेन। बिट रिपोर्टरवाला पत्रकारहरुले स्रोतबाट केही हदसम्म उनीहरु बारे थाहा पाए पनि लेख्न मिलेन , फेरिफेरि पनि सूचना चाहि राख्ने भएकाले। पुलिसले यसरी पक्राउ गरेर सूचना सार्वजनिक नगरेको यो पहिलो पटक होइन। यसअघि पनि धेरै यस्ता घटनाहरु भएका छन् , जहाँ पुलिसले ‘ दिन मिल्दैन ’ ‘ अनुसन्धानमा असुर पुग्छ ’ आदि भन्दै सूचना लुकाउने गरेको छ। SKETCH: digitallylearn आखिर त्यस्तो के सूचना हुन्छ जसले हतियारसहित पक्राउ परेका व्यक्तिहरु बारे सार्वजनिक गर्दा अनुसन्धानमा नै असर पुग्छ ? यो गम्भिर प्रश्न हो । यो गम्भिर प्रश्न किन हो भने पहिलो कुरा त सूचना लुकाउने अधिकार पुलिस प्रशासनसँग छैन। जघन्य , गम्भिर प्रकृतिका अपराध , राष्ट्रिय स्वाधिनतामा असर पुर्याउने कार्य र आकस्मिक खालका दुर्