Posts

Showing posts from February, 2020

हिंसात्मक दिल्ली : भारतमा CAA र NRC को त्रास

Image
हिंसा झनै भड्किएपछि दिल्लीका मुख्यमन्त्री केजरीवालले स्थिति नियन्त्रण बाहिर गएको भन्दै सेना परिचालनका लागि केन्द्र सरकारलाई आग्रह गरेका छन् । भारतमा नागरिकता संशोधन कानून (सीएए) विरुद्धको महीनौंदेखि जारी आन्दोलन ११ फागुन (२३ फेब्रुअरी) देखि हिंसात्मक बनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प १२ फागुनमा भारत भ्रमणमा आएको वेला आन्दोलन झनै हिंसात्मक भयो । दुईदिने भ्रमण सकेर उनी फर्किँदासम्म तीन दर्जनभन्दा बढीको ज्यान गइसकेको छ, सयौँ घाइते छन् । मोदी सरकारले मुस्लिमलाई विभेद गर्ने गरी ल्याएको भनिएको कानूनविरुद्धको आन्दोलनको प्रभाव मुस्लिम विरोधी मानिने ट्रम्पको भारत भ्रमणमा पनि देखियो । एउटा तसमूह ट्रम्पको स्वागतमा जुटिरहेका वेला अर्को समूह सीएएविरुद्धको आन्दोलन चर्काइरहेको थियो । ट्रम्प भारतमा आइनपुग्दै आन्दोलन हिंसात्मक बनिसकेको थियो । सामाजिक सञ्जालमा नागरिकता संशोधन कानूनको समर्थक र विरोधीको कित्ताकाट भइरहेको छ । यसको सबैभन्दा प्रष्ट चित्र भारतीय सञ्चार माध्यमहरूमा देखिन्छ । संशोधित कानूनको पक्षमा रहेका सञ्चार माध्यमहरू अमेरिकी राष्ट्रपति ट्रम्पको स्वागतमा ‘नमस्ते ट्रम्प’ न

नयाँ राजदूत, पुरानै अपेक्षा !

Image
भारतद्वारा नेपालका लागि नवनियुक्त राजदूत विनयमोहन क्वात्रा। भारतीय राजदूत मञ्जिव सिंह पुरी सेवा अवधि सकिएर गत ३१ डिसेम्बरमा स्वदेश फर्किए । त्यसको एक महीनापछि ३० जनवरीमा मात्रै भारतले विनयमोहन क्वात्रालाई नेपालका लागि नयाँ राजदूत नियुक्त गरेको छ । तर, नियुक्तिको दुई साता बितिसक्दा समेत उनी नेपाल आएका छैनन् । भारतले विश्वका आधा दर्जन शक्तिराष्ट्र र छिमेकी मुलुकका लागि राजदूत तोक्न लामो समय लगाउँदैन । शिवशङ्कर मुखर्जी नेपालबाट २३ अप्रिल २००८ मा फर्किंदा त्यसको दुई दिनपछि नै राकेश सुद नयाँ राजदूत भएर आइसकेका थिए । सुद ११ अगस्ट २०११ मा फर्किएपछि २५ अगस्टमा जयन्त प्रसाद आए । २५ अगस्ट २०१३ मा जयन्त प्रसाद फर्किंदा २ सेप्टेम्बरमा नै रञ्जित रे आए । रेको कार्यकालमा नेपाल–भारत सम्बन्धमा निकै उतारचढाव आयो । संविधान घोषणा रोक्न अन्तिम समयमा गरेको प्रयासमा भारत सफल भएन । लगत्तै मधेश आन्दोलनको बहाना बनाएर भारतले अघोषित नाकाबन्दी लगायो । २८ फेब्रुअरी २०१७ मा रे फर्किएको एक महीनापछि २५ मार्चमा मात्रै मञ्जिव सिंह पुरी काठमाडौं आए । यसपटक राजदूत पुरी कार्यकाल सकेर फर्किएको डेढ महीना बितिसकेको

हिमाल म्यागेजिनले माओवादीलाई कहिल्यै 'आतंकारी' लेखेन : राजेन्द्र दाहाल

Image
राजाको अप्रत्यासित कदमपछि समाचार कक्षको मनोविज्ञान कस्तो थियो ? त्यो घटना हामी सबैका लागि अभूतपूर्व र अप्रत्यासित थियो । टेलिफोन, इन्टरनेट लगायत सञ्चार सुविधा सबै बन्द गरिएका थिए । हामीलाई त्यस्तो अवस्थाको अनुभव कहिल्यै थिएन । कान्तिपुर दैनिक र द काठमाडौं पोस्ट का सम्पादकलाई दरबारका सचिवले बोलाएर केही निर्देशन दिएको र कार्यालयमा सेना पठाएको खबर सुन्यौं । त्यसपछि प्रकाशक कनकमणि दीक्षित र म कान्तिपुर पुगेर ऐक्यबद्धता जनायौं । दैनिक नभई पाक्षिक पत्रिका भएकाले हामीसँग केही समय थियो । हामी घटनाक्रमको विश्लेषण गर्दै बस्यौं । हामीकहाँ सेना पनि आइसकेको थिएन । हिमाल माथि सेनाको समाचार सेन्सरको दबाब चाहिं कस्तो थियो ? हिमाल को कार्यालयमा पनि क्याप्टेनसहित दुई सैनिक आए । ‘यसो गर्नु, यसो नगर्नू’ भन्न थाले । हामीले विरोध जनाएनौं, किनभने कनिष्ठ अधिकृतसँग दोहोरो तर्कको अर्थ थिएन । पछिपछि भने क्याप्टेन एक्लै आए । पत्रिकाको फाइल बोकेर जान्थे र हाकिमलाई देखाएर, काटछाँट गरेर फर्काउँदै ‘तलमाथि नपरोस्’ भन्थे । सिभिल पोशाकमा जीउ तन्काएर ‘हतियार पनि छ’ भन्थे । तर, त्यो अड्ढको हिमाल निस्

दश लाखका लागि शहीद घाेषणा !

Image
स्केच: भानु भट्टराई जनआन्दोलन २०६२/६३ पछि बनेका सरकारले करीब ११ हजारलाई शहीदको सूचीमा राखे तर, राणाशासनमा मृत्युदण्ड पाएका चार जनालाई औपचारिक रूपमा शहीद घोषणा गरेको अभिलेख छैन। गएको १० माघदेखि नै शहीद सप्ताहका विविध कार्यक्रम भइरहेका छन् । सरकारले शहीद दिवस मनाउन १६ माघमा शैक्षिक संस्थाहरूलाई विदा दिएको छ । तर, न राज्यले शहीदको परिभाषा निश्चित गरेको छ न संख्या नै यकिन । प्रजातन्त्रको पक्षमा बोलेका कारण राणा शासकले माघ १९९७ मा मृत्युदण्ड दिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई सरकारले कहिले शहीद घोषणा गर्‍यो भन्ने अभिलेख भेटिंदैन । शास्त्रीलाई १० माघ, माथेमालाई १३ माघ र श्रेष्ठ तथा चन्दलाई १५ माघमा मृत्युदण्ड दिएको थियो । उनीहरूको सम्मानमा काठमाडौं नगरपालिकाको संयोजनमा १६ माघ २०१२ देखि शहीद दिवस मनाउन शुरू भएको थियो । सबैभन्दा बढी शहीद घोषणा २०६२/६३ को दोस्रो जनआन्दोलनपछि भएको छ । त्यसपछि बनेका पाँच वटा सरकारले करीब ११ हजारलाई शहीद घोषणा गरे । सरकारमा भएका दलले विविध कारणले मृत्यु भएका आफ्नो दलका कार्यकर्ता र निकटलाई पनि शहीद घोषणा गरेका छन् ।

किन लिए दाहालले ५ हजार हत्याको जिम्मेवारी ?

Image
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले १ माघमा टुँडिखेलबाट दिएको अभिव्यक्ति राष्ट्रिय राजनीतिमा चर्चाको विषय बनेको छ । माघे संक्रान्तिका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले १७ हजार होइन, पाँच हजार हत्याको जिम्मा लिने बताएका थिए । टीकापुर नरसंहारको मुख्य अभियुक्त रेशम चौधरीलाई जेलमुक्त गर्ने आश्वासन दिएका अध्यक्ष दाहालले १७ हजार हत्या गरेको भन्ने आरोपको खण्डन गर्ने क्रममा पाँच हजारको जिम्मा लिने बताएका थिए । “धेरैले मलाई १७ हजार मारेको भन्ने गरेका छन् । त्यो तथ्याङ्क साँचो होइन, म त्यसलाई सच्याउन चाहन्छु”, दाहालले भनेका थिए, “सत्य के हो भने हिजोका सामन्ती राजाहरुले १२ हजार मारेका हुन् ।” अध्यक्ष दाहालले आफू अगाडिका वक्ताको अभिव्यक्ति खण्डन गर्ने प्रयास गरेका थिए । तर, अध्यक्ष दाहालको अभिव्यक्तिले भने न्यायको पर्खाइमा रहेकाहरुलाई नराम्रोसँग झस्काएको छ । आलोचनै आलोचना दाहालको यही अभिव्यक्तिले उनीमाथि थप आलोचना बढेको छ । दाहालको यो अभिव्यक्तिलाई “हौसियर” बोलेको ठान्छन्, लेखक तथा राजनीतिक विश्लेषक टीका ढकाल । “नेकपा भित्रको शक्ति समीकरणले