Posts

Showing posts from April, 2019

विस्तार हुँदै बिआरआई

Image
  परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भन्छन्– बिआरआई परियोजनामा जोडिएसँगै नेपाल व्यावहारिक र व्यापारिक हिसाबले पनि चीनसँग थप नजिकिएको छ चीनद्वारा प्रस्तावित परियोजना ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ अर्थात् (बिआरआई)को दोस्रो अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा सहभागी भएर राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार स्वदेश फर्किएकी छिन् । चीनको राजधानी बेइजिङमा सम्पन्न बिआरआई सम्मेलनमा ३७ देशका राष्ट्र र सरकार प्रमुखसँगै १ सय ५० देश  तथा ६५  संघसंस्था सहभागी थिए । राष्ट्रप्रमुखको औपचारिक सहभागितासँगै नेपालको व्यापारिक सम्बन्ध विस्तारमा बिआरआईलेमहत्वपूर्ण स्थान राख्ने विश्लेषण हुन थालेको छ । चीनका लागि पूर्वनेपाली राजदूत टंक कार्की भारतसँग मात्रै निर्भर रहनुपर्ने नेपाली अर्थतन्त्रले बिआरआईमा सहभागी भएसँगै विकल्प भेट्टाएको दाबी गर्छन् । चीनका राष्ट्रपति सी जिन फिङको पहलमा सन् २०१३ मा ‘वान बेल्ट वान रोड’को नाममा सुरु भएको यस परियोजनामा नेपालले २०१७ हस्ताक्षर गरेको थियो ।‘विकासशील राष्ट्रहरूका लागि नयाँ अवसर सिर्जना गर्ने र चीनको खुलापन तथा सुधारका क्षेत्रमा नयाँ परिदृश्य खोल्ने’ बिआरआईको उद्देश्य रहेको राष्ट्रपत