Posts

Showing posts from April, 2022

काकाकुल बस्तीमा ‘नाचघर’

Image
  यो काकाकुल गाउँमा सरकारले ‘सांस्कृतिक डबली’ बनाइरहेको छ, त्यो पनि आठ किलोमिटर टाढाबाट ट्रयांकरमा पानी ओसारेर । अस्पताल हुन्थ्यो भने उपचार गर्न घोराही जानु पर्दैनथ्यो । ट्यांकी हुन्थ्यो भने हरेक दिन केही घण्टा हिँडेर एक गाग्री पानी ल्याउने बाध्यता हट्थ्यो । तर डबलीले आफूहरुको समस्या समाधन नहुने भएपछि गाउँलेलाई त्यसबारे चासो छैन । ३० चैत, घोराही । पन्ध्र वर्षको कलिलो उमेरमा विवाह गरेर घोडदौरा, दाङ आएकी शोभा परियारको उमेर अहिले ५५ वर्ष पुग्यो । शोभालाई ४० वर्षअघिको विवाह पछिको पहिलो दिन अझै याद छ । बिहान साढे चार बजे अढाई घण्टा हिँडेर कापर खोलाबाट ल्याएको एक गाग्री पानीले खाना बनाएर घरगृहस्थी सुरू गरेकी थिइन् उनले । शोभा परियार । बुढ्यौली लाग्न थालिसक्यो । जीन्दगीले कयौं रंगहरू फेरिसक्यो । ४० वर्ष लामो सफरमा उनले धेरै गोरेटाहरू छिचोलिसकिन् । तर एक गाग्री पानीका लागि अढाई घण्टा लामो यात्रा तय गर्नुपर्ने बाध्यता भने जस्ताको तस्तै छ । केही राहत नभएको होइन । ०५४ सालमा भारतीय दूतावासको सहयोग र स्थानीय बासिन्दाको श्रमदानमा घोडदौरा गाउँमा पानीको धारा आइपुग्यो । एक गाग्री पानीका लागि हिँड्नुपर्

नरैनापुरमा नागरिकता बोकेर लालपुर्जा खोजिरहेकाहरू

Image
  नागरिकता देखाएर लालपुर्जा खोज्ने लोग्ने मान्छे टोल छिमेकमा देखेपछि ५४ वर्षीया लक्ष्मी रैदासको मुटु पीडाले भरिन्छ । आँखा रसाउँछन् । उनलाई आफ्नो दुःख दुनियाँको सबैभन्दा ठूलो हो भन्ने लाग्छ । २९ चैत, नरैनापुर । कसैसँग नागरिकता हुनुले मात्रै नागरिक (मान्छे) हुनुको आभास हुन्थ्यो भने गजराज चमार आज दक्षिण एसियाकै खुसी मुलुकमा दुःखी भएर बाँच्नुपर्ने थिएन । नागरिकताले नागरिक हो भनेर राज्यसँग अधिकारको दाबीसम्म गर्न दिंदोरहेछ । तर, आफू जन्मेदेखि बसिरहेको घर आफ्नो बनाइदिंदो रहेनछ । यही देशको नागरिक हुँ र म बसेको जमिनको लालपुर्जा दिलाइदिनुपर्‍यो भनेर चमारले आजसम्म राज्यका अनेकौं निकायसँग अनगन्ती बिन्ती बिसाइसके । अझैं पाइने हो कि नपाइने हो भन्नेसमेत टुंगो लागेको छैन । नेपाल-भारत सीमाको रेखालाई छुने गरी ठडिएका फुसका छाना अघिल्तिरको खाली ठाउँ दुई देशबीचको सीमा कोर्ने दशगजा हो । त्यही दशगजाको भूमिलाई आँगन मानेर गजराज चमारले आफ्नो जीवनका ५२औं वसन्त पार गरिसके । गजराजले पो ५२ वसन्त मात्रै बिताए, उनलाई सम्झना भएसम्म उनीअघिको तीन पुस्ताले पनि त्यही जमिनमा पसिना बगाएर गइसके । तर, अहिलेसम्म आफू र आफ्नो पु

संघीयताले फेरेको नरैनापुर

Image
केही वर्ष अघिसम्म राप्तीपारिको गाउँ नरैनापुर बाँकेको ‘कर्णाली’ भनेर चिनिन्थ्यो । सदरमुकाम नेपालगञ्ज आउने जाने बाटोसमेत राम्रो थिएन । त्यहाँका दोकानमा नेपाली नोट नै नचल्ने । नयाँ संविधान बनेर मुलुक संघीयतामा गएसँगै अब नरैनापुर पनि पहिलेजस्तो रहेन । २७ चैत, नरैनापुर । केही वर्ष अघिसम्म राप्तीपारिको गाउँ नरैनापुर बाँकेको ‘कर्णाली’ भनेर चिनिन्थ्यो । सदरमुकाम आउने जाने बाटोसमेत राम्रो थिएन । उपभोग्य सामग्री खरीद बिक्री गर्न बजार थिएन । प्रशासनिक काम कारवाहीका लागि नेपालगञ्ज धाउनुपर्थ्यो । यतिसम्म कि सानातिना दोकानमा नेपाली नोट नै नचल्ने । अर्थात्, नरैनापुर सुगम भूगोलको दुर्गम बस्ती थियो । जुन नक्सामा त नेपालकै भूगोल थियो तर, व्यवहारमा पूरै भारतमा भर परिरहेको थियो । जसका अवशेषहरू अहिले पनि निमिट्यान्नै भइसकेको छैनन् । नयाँ संविधान बनेर मुलुक संघीयतामा गएसँगै अब भने नरैनापुर पहिलेजस्तो रहेन । व्यापारको मनस्थिति बनाएर विजयप्रसाद साह नेपालगञ्जबाट नरैनापुर पुगेका थिए, करिब ६ वर्षअघि । एउटा पसलमा चिया पिए । चियाको दाम थियो पाँच रुपैयाँ । तर, नेपाली होइन, भारु । अहिले नरैनापुरकै गाउँमा इटा उद्योग

नेपालगञ्जको राजनीति : जहिल्यै केन्द्रसत्ता हावी

Image
नेपालगञ्जको चुनावमा यसपालि कसले बाजी मार्ला ? यो प्रश्न खस्न नपाउँदै स्थानीय भन्छन्, केन्द्रको सत्ताले जसलाई उठाउँछ उसैले । हुन पनि राणा, पञ्चायत, बहुदल र गणतन्त्र कालमा यहाँको राजनीतिमा स्थानीय वासिन्दा ‘मतदाता’ भए ‘सार्वभौम’ भएनन् । २४ चैत, नेपालगञ्ज । पाँच वर्षअघि ‘गाउँगाउँमा सिंहदरबार’ भन्ने नारा लगाएर भोट मागेका राजनीतिक दलहरूले यो वर्ष फेरि त्यही नारा बोकेर चुनाव प्रचार सुरु गरेका छन् । देशको मुख्य प्रशासकीय केन्द्र सिंहदरबारमा केन्द्रित शासकीय अधिकारलाई गाउँसम्म पुर्‍याउने वाचासहित संघीय व्यवस्था लागू गर्न कस्सिएका प्रमुख राजनीतिक दलहरु स्थानीय जनप्रतिनिधिको उम्मेदवार छनोटको काम भने आफ्नै हातमा राखेर बसेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाको मेयरका दाबेदार हुन्, नेकपा माओवादी केन्द्रका नेता नन्दलाल वैश्य । सत्तारुढ गठबन्धनमा रहेका दलको समर्थनमा मेयरको टिकट कसले पाउने भन्ने अझै सुनिश्चित भइसकेको छैन । आकांक्षीहरूलाई केन्द्रीय नेताहरूले केही समय पर्खिन भनेका छन् । त्रिभुवन चोक नजिकै आफ्नै कपडा पसलमा भेटिएका उनले टिकटको सुनिश्चितता नभएकै कारण चुनाव प्रचारको कामलाई तीव्रता दिन पाएका छै