Posts

Showing posts from April, 2020

को नागरिक ? कस्तो नागरिक ?

Image
• कृष्णज्वाला देवकोटा सप्तरीको बरमझियामा रमाइलो पेडा बजार छ, जहाँ १५–२० पसलका नाम एउटा बाजेका नाममा राखिएका छन् । जस्तो, बाजेको पेडा पसल । बाजेको पुरानो पेडा पसल । पुरानो बाजेको पेडा पसल । सक्कली बाजेको पेडा पसल । उही बाजेको सक्कली पेडा पसल । नेपालमा नागरिक समाज पनि बरमझियाको पेडा बजार भएको छ । नाम दर्ता गर्नुपर्ने भए यसका नाम यस्ता हुन सक्थे : सक्कली नागरिक समाज । उही पुरानो सक्कली नागरिक समाज । उही सक्कली नागरिक समाज । पछिल्ला एक महिनामा यो देशमा मनै खिन्न बनाउने थुप्रै समाचार आए । झुक्याएर मिर्गाैला बेचिएकाहरूका चिरिएका पेटका दारुण तस्बिर अखबारमा छापिए । बलात्कारको सिकार भएकी १२ वर्षीया दलित बालिकाले नानी जन्माइन् । दैलेखका एक दलितलाई राज्यको संरक्षण पाएका उच्च जातिले आफैँ सर्वोच्च अदालत बनेर ‘देशनिकाला’ गरे । वर्षौंदेखि ओडारमा जीवन धानिरहेका वृद्धको दारुण चित्रकथा छापियो । ती कोही पनि शिक्षित थिएनन् । तिनका एनजिओ थिएनन् । तिनको मिडिया हाउस थिएन । ती ‘डन’ को मुद्दामा पैसा कमाएका सर्वोच्चका वकिल थिएनन् । पढ्दै नपढेका, एउटा एनजिओ पनि नभएका, एउटा मिडिया हाउस पनि नखोलेका र का

कतारका हिरासतमा नेपाली श्रमिकमाथि दुर्व्यवहार : बिना तलब निष्कासन, आफ्नै सामान नदिएर घर फिर्ता

Image
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाभाइरसलाई महामारी घोषणा गरेको दोस्रो दिन, २९ फागुन, बिहीबार । सयौं आप्रवासी श्रमिकहरू कार्यरत कतारको राजधानी दोहाको औद्योगिक क्षेत्र, बारवा र लेबरलगायत सहरमा प्रहरीले अन्धाधुन्ध धरपकड सुरु गर्‍यो । हजारौं नेपालीहरू समेत कार्यरत औद्योगिक क्षेत्रमा अचानक प्रहरीको धरपकड र गिरफ्तारी चलेपछि कुनै मेसो नपाएका श्रमिकहरू चकित मात्रै पर्न सके, परदेशमा प्रहरीसँग कुनै प्रश्न गर्न सकेनन् । आवासमा सँगै बस्ने र एउटै कम्पनीमा मजदूरी गर्ने सहकर्मी माथिको हस्तक्षेपको कारण बारे बेखबर उनीहरूले प्रहरीले बोलेको भाषा समेत बुझ्न सकेनन् । एउटा शब्द भने बुझे, 'कोरोनाभाइरस' । त्यो कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण विश्वभर द्रुत गतिमा फैलिइरहेको र महामारी घोषणा भएको दोस्रो दिन थियो । खाडीका गल्फ को-अपरेसन काउन्सीलका सदस्य मुलुकहरूमा संक्रमितको संख्या विस्तारै उकालो लाग्ने क्रममा थियो । कतारमा मात्रै त्यस दिनसम्म संक्रमितको संख्या २६२ पुगिसकेको थियो । प्रहरीले धरपकड दोस्रो दिन पनि जारी राख्यो । को को गिरफ्तार हुने र कहाँ लगिने हो भन्ने कसैलाई थाहा थिएन ।

अवैतनिक दूतः कूटनीतिक आवरणमा अवैधानिक धन्दा !

Image
विभिन्न मुलुकका अवैतनिक दूतहरू नै अवैधानिक गतिविधि र विवादमा फस्न थालेपछि कूटनीतिक क्षेत्र नै बदनाम बनिरहेको छ । २५ चैतमा कूटनीतिक हैसियत प्रयोग गरी थर्मल गन कालोबजारी गरिरहेको अवस्थामा नेपालका लागि किर्गिस्तानका अवैतनिक दूत सुलभ अग्रवाल पक्राउ परे । लगत्तै २६ चैतमा सरकारले अवैतनिक दूतहरुलाई दिंदै आएका केही सुविधा कटौती गर्ने निर्णय गर्‌यो । पछिल्लो समय अवैतनिक दूतहरूले कूटनीतिक पदलाई नै दुरुपयोग गरी धन्दा गर्न थालेपछि यस्ता पदको औचित्य र मर्यादा माथि नै प्रश्न उठ्न थालेको छ । परराष्ट्र मन्त्रालयका पूर्वसचिव मधुरमण आचार्यका अनुसार यी कन्सुलको पहिलेको हैैसियत कूटनीतिक तहको थिएन, सवारीमा पनि पहेंलो नम्बर प्लेटमा सीमित थियो। “तर, सरकारले केही वर्ष अघि मात्र दिएको अनुमतिका कारण उनीहरुले सवारीमा निलो नम्बर प्लेट र आफू दूत रहेको मुलुकको झण्डा प्रयोग गर्न पाउने सुविधा पाए”, आचार्यले भने । परराष्ट्र मन्त्रालयका एक पूर्व अधिकारी ‘अधिकांश व्यापारिक घरानाका सदस्यको जमात रहेको विभिन्न मुलुकका अनरेरी कन्सुलको समूहले आफ्नो भूमिका बढाउँदै कूटनीतिक सुविधा पाउनुपर्ने लबिङ गरेर मन्त्रालयक