Posts

Showing posts from March, 2021

अमेरिकामा रंगभेद विरुद्ध एसियालीहरू #StopAsianHate अभियानमा

Image
अमेरिकामा एसियन मूलका नागरिकमाथि बढ्दो दुर्व्यवहार एसियन मूलका अमेरिकी नागरिकमाथि ‘जेनोफोबिया’ फैलाउन सबैभन्दा बढी ट्रम्पको भूमिका थियो, उनको अभिव्यक्तिपछि घृणा फैलाउने ट्विट ८५ प्रतिशत बढेको थियो अमेरिकी राज्य जर्जियाको राजधानी एट्लान्टाका तीनवटा मसाज पार्लरमा अघिल्लो मंगलबार भएका छुट्टाछुट्टै बन्दुक आक्रमणबाट आठजनाको ज्यान गयो । एक घन्टाको फरकमा भएका ती आक्रमणबाट ज्यान गएका आठमध्ये ६ जना एसियन मूलका महिला थिए । घटनाको दोस्रो दिन एट्लान्टा प्रहरीले रोबर्ट आरोन लंग नामका २१ वर्षीय युवालाई आरोपमा पक्राउ गर्‍यो । प्रहरीले रोबर्टलाई ‘यौन दुर्व्यसन’को समस्या रहेको र त्यसैको ‘प्रतिशोध’मा आक्रमण गरेको हुन सक्ने बतायो । तर, ‘एसियन अमेरिकन तथा प्यासिफिक आइसल्यान्डर’ (एएपिआई) समुदायले भने यसलाई सहजै स्वीकार गरेन । रगंविभेदी मानसिकताका कारण रोबर्टले एसियन मूलका मान्छेलाई आक्रमण गरेको दाबी एएपिआई अभियानको छ । कोरोना महामारीपछि अमेरिकामा एसियन मूलका अमेरिकीहरूमाथि भइरहेको आक्रमण झन् बढेको भन्दै एएपिआईले पछिल्लो घटनापछि सामाजिक सञ्जालमा ‘स्टप एसियन हेट’ अभियानलाई तीव्रता दिएको छ । यसको विरोधमा एट्ल