Posts

Showing posts from September, 2020

बरालिइरहने वामदेवको पोल्टामा घुमेर आउँछ शक्ति, के होला यसपालि?

Image
सधैं अस्थिर नेताका रूपमा परिचित वामदेव गौतमका लागि त्यही अस्थिर स्वभावले समय–समयमा महत्वपूर्ण अवसर लिएर आएको छ, आफूसँगै अरूलाई पनि लाभ दिलाउँदै। अदालतको आदेशले तत्कालका लागि रोकिएको वामदेवको यस्तो यात्रा यसपालि पनि अघि बढ्ला? स्केच: भानु भट्टराई/हिमालखबर केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्नासाथ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई धेरैले मन्त्रीका रूपमा हेर्न थाले। मन्त्रिपरिषद्मा उनको पोर्टफोलियो के होला? उनले कुन मन्त्रालयको जिम्मेवारी पाउलान्? भन्नेबारे चर्चा तीव्र बन्यो।  २०७४ को आमनिर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट पराजित गौतम राष्ट्रिय सभामा पुग्नका लागि यति ठूलो जोडबल लागेको थियो कि त्यो विघ्न प्रयत्न सांसद बन्नका लागि मात्र होइन भन्ने आमधारणा बन्न पुगेको थियो। त्यहीकारण पनि उनी सांसद बन्दानबन्दै मन्त्रीका रूपमा चर्चा हुन थालेको थियो। लगत्तै शुरू भएको नेकपाको केन्द्रीय सचिवालय बैठकमा यो विषय औपचारिक रूपमै प्रवेश ग¥यो। गौतम छिट्टै मन्त्री बन्ने चर्चा थप चुलियो। तर, गौतमको राष्ट्रिय सभा सद