Posts

Showing posts from July, 2019

सपना एक मोर्चा अनेक: यसरी बाँचेका थिए माइला लामा !

Image
कान सुन्दैनन् । तर उनको कान सबभन्दा चनाखो छ । आँखा देख्दैनन् तर उनको आँखाले झन् धेरै देख्छ । जीवनका कैयन वर्ष आफ्नी जीवन साथीले डोहोर्याइन् उनलाई । उनी डोहोेरिएर हिँडे जनयुद्धको भिषण यात्रामा । कामरेडहरु थिए – प्रिय । उनै कामरेडले डोहोर्याए । उनी डोहोरिदैँ डोहोरिदैँ गाउन थाले । अरु नाँचेको हेर्न पाएनन् तर नचाए । हार नमिलेका ठूल्ठूला अक्षरमा गीत लेखेर लय हाले । तिनै सुनाउन लगाए कामरेडलाई र आफूले कण्ठ गरे अनि मुक्त लयमा गाए । माइला लामा उनका गीतमा जनता हुन्थे । जनयुद्ध हुन्थ्यो । लड्दै गरेका छापामार हुन्थे । मोर्चा हुन्थे । घाइते हुन्थे । खुसी हुन्थ्यो, मोर्चा जितेको । जो आप्mनै जीवनका रंगहरुसँग थिएनन्–तर अरुलाई रंग दिन्थे । अरुलाई ताल दिन्थे । सुर दिन्थे । जनता जगाउँथे । जनता नचाउँथे । हजारौँ युवा उनले जगाएपछि लड्न हिँड्थे मैदानमा । धेरै पछि उपचार भयो । अलिअलि देख्न थाले खुल्ला आकाश  । घुर्मइलो । सम्झन्छन् –‘मधुर जुनजस्तो’ । अलिकति सुन्न थाले । उनको कानमा हेयरिङ सेट घुसारियो । त्यसैले सुन्ने बनायो । राज्यको श्वेत र विद्रोहीको लाल हतियारले मुलुकमा दक्षिण र बामको अघोषित स