Posts

Showing posts from July, 2021

REVIEW : निर्वाचित तानाशाह र ‘टाइम म्यागजिन’ का कभर स्टोरी

Image
‘लोकतन्त्रमाथि खतरा कोबाट छ ?’ यस प्रश्नमाथि पछिल्लो समय सबभन्दा बढी बहस चलेको र चलिरहेको छ । सम्भवतः पछिल्लो दशक त्यसमा पनि सन् २०१६ मा अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा विजयी भएर सन् २०१७ मा ह्वाइट हाउस प्रवेश गरेपछि अझैँ धेरै यस प्रश्नमाथि बहस भयो । र, अधिकांश विद्धुवानहरूले पहिल्याएको यस प्रश्नको जवाफ हो, ‘निर्वाचित तानाशाह’ । लेखक, इतिहासकारदेखि तमाम बुद्धिजीवीहरूले यहि दावी र संकेत गरिरहेका छन् । अमेरिकाका ट्रम्पदेखि भारतका नरेन्द्र मोदीहुँदै नेपालका केपी ओली सम्मलाई यसको उदाहरणका रुपमा लेखक बुद्धिजीवीहरूले प्रस्तुत गरेका छन् । सत्ताशिन यी व्यक्तिहरूले आफ्ना गतिविध र अभिव्यक्तिबाट पटकपटक यो निष्कर्षलाई पुष्टि पनि गरिरहेका छन् ।  शासक कतातिर उन्मुख हुँदैछ भनेर मापन गर्ने एउटा प्यारामिटर हो, उसको मिडियाप्रतिको व्यवहार । राष्ट्रपतिकालमा ट्रम्पले आफूमाथिको आलोचनालाई सहन नसकेर सबैभन्दा बढी प्रयोग गरेको शब्द हो, ‘फेक न्यूज’ र ‘फेक मिडिया’ । सीएनएन्, द न्यू र्योक टाइम्स, टाइम म्यागजिनलगायत अमेरिकी मिडियासँग उनको सम्बन्ध कहिल्यै सुमधुर हुन सकेन । ट्रम्पका ‘हर्कतहरू’ माथि ती मिडियाहरू