Posts

Showing posts from June, 2019

कीर्तिपुरमा मात्र त्रिभुवन विश्वविद्यालयको नौ सय रोपनी जग्गामा २० संस्थाको रजाइँ

Image
विश्वविद्यालयभित्र प्रहरीचौकीदेखि राधास्वामी सत्संगसम्म  संसारभरि विश्वविद्यालय परिसरभित्र हतियारधारी सुरक्षाकर्मीको प्रवेशसमेत निषेध हुन्छ, तर नेपालको मुख्य विश्वविद्यालयभित्रै सरकारले दुई–दुई प्रहरीचौकी खोलेको छ  त्रिवि परिसरमा बालबालिकाबाट चर्को शुल्क उठाउने स्कुल मात्र होइन, पेट्रोल पम्प पनि सञ्चालनमा छन्, तर विश्वविद्यालयकै कतिपय विभाग जग्गा नपाएर बाहिरै सञ्चालित छन् त्रिभुव विश्विद्यालय हाताभित्र निर्माण गरिएको प्रहरी चौकी भवन। तस्वीर: सञ्जीत परियार/ नयाँपत्रिका त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको बल्खुदेखि कीर्तिपुरसम्मको जग्गामा निजीदेखि धार्मिक संस्थासम्मले रजाइँ गरेका छन् । त्रिविको जग्गामा रजाइँ गर्ने यस्ता संस्था २० वटा छन् । कतिपय संस्थाको रेकर्ड त्रिविको सम्पत्ति विवरण राख्ने शाखामा समेत छैन । कुनैले केन्द्रीय सरकारको सिफारिस लिएर त कुनैले आफैँ हडपेर बसेका हुन् । त्रिविको जग्गा ओगट्नेमा कतिपय नाफामूलक संस्था पनि छन् । त्रिविका पदाधिकारीबाटै उनीहरूलाई संरक्षण मिलेको छ । केहीलाई हटाउने प्रयास भए पनि राजनीतिक संरक्षणमा जोगिएका छन् । कीर्तिपुर परिसरमा त्रिविसँग

बाबुराम भट्टराईको बहुचर्चित आलेख : नयाँ कोतपर्वलाई मान्यता दिनुहुँदैन

Image
दरबार हत्याकाण्ड भएको १८ बर्ष बितेको छ । वि.स. २०५८ जेठ १९ गते नारायणहिटि दरबारमा तत्कालीन राजा विरेन्द्रको वंशनास भएयता देशमा ठूल्ठूला घटनाक्रमहरु भए । त्यसपछि उनका माइला भाइ ज्ञानेन्द्र राजा भए । ०५२ सालदेखि सुरु माओवादी जनयुद्ध राजनीतिक दलहरुसँग सम्झौता गरेर संसदीय राजनीतिको बाटोमा आयो । ज्ञानेन्द्र शाहले सम्हालेको राजतन्त्र ढल्यो र राजनीतिक रुपमा देश गणतन्त्रमा प्रवेश गरेको छ । संविधानसभा चुनाव, त्यसबाट नयाँ संविधान, त्यसको जगमा नयाँ सरकार आदि । तर, घटना घटेको करिब २ दशक बित्न लाग्दा पनि हत्याकाण्डको दोषी अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।  हत्याकाण्ड हुँदा माओवादी जनयुद्धमा थियो । माओवादी नेतृत्व भुमिगत थियो । राजतन्त्र अन्त्य माओवादीको मुल एजेन्डामध्ये एक थियो । त्यस्तो जटिल परिस्थितिमा माओवादीका चर्चित नेता बाबुराम भट्टराईले भूमिगत अवस्थाबाटै एउटा विश्लेषणात्मक आलेक लेखेका थिए । घटना भएको हप्ता दिन नपुग्दै राष्ट्रिय दैनक कान्तिपुरमा प्रकाशित उक्त आलेख २ दशकसम्म पनि दोषी पत्ता लाग्न नसक्दा उत्तिकै ऐतिहासिक र महत्त्वपूर्ण छ ।  निजि दैनिक पत्रिकामा प्रकाशित यो आलेख संग्रहणिय लागे

यूभल नोहा हरारीको 'सेपियन्स : अ व्रिफ हिस्ट्री अफ ह्युमनकाइन्ड'

Image
यूभल नोहा हरारीको 'सेपियन्स : अ व्रिफ हिस्ट्री अफ ह्युमनकाइन्ड'काे सारांश मात्रै यहाँ प्रस्तुत गरिएकाे छ । होमो सेपियन्सको अर्थ ‘बौद्धिक मानव’ हो । मानव संस्कृति आजभन्दा ७० हजार वर्ष पहिले सुरु भएको हो ।  मानज जीवनमा तीनवटा महत्वपूर्ण घटनाहरु भएः संज्ञानात्मक क्रान्ति (७० हजार वर्ष पहिले), कृषि क्रान्ति (१० हजार वर्ष पहिले) र वैज्ञानिक क्रान्ति (५ सय वर्ष पहिले) यी क्रान्तिले मानवलाई अरु कुनै पनि जीवले गर्न नसक्ने काम गर्नसक्ने बनायो । जसले विचार निर्माण गर्छ र त्यससँग जोडि रहन्छ तर, भौतिक रुपमा उपस्थिति हूँदैन (धर्म, पूजीवाद र राजनीति) ।  यीनै मिथकले मानिसलाई दुनियाँ कब्जा गर्न सक्षम बनायो र मानव जातिलाई प्राकृतिक आधारमा सबैभन्दा ताकत्तदार बनाइदियो ।  २० लाख वर्ष पहिलेको प्रागैतिहासिक मानव अरु स्तनधारी जीवभन्दा खासै फरक थिएन । मानवको उत्पति २५ लाख वर्ष पहिले अफ्रिकाबाट भएको हो । मानव जीवनको अन्त्य अर्को १ हजार वर्षभित्र भइसक्ने छ । २० लाख वर्ष पहिलेदेखि १० हजार वर्ष अघिसम्म मानवका विभिन्न जाति पृथ्वीमा घुम्थे, जतिवेला विभिन्न प्रजातिहरु सँगै बाँच्थे । मानव