Posts

Showing posts from May, 2021

राजनीतिक महामारीको एक महिना : नागरिक निषेधाज्ञामा, नेता कुर्सीकाे लडाइँमा

Image
तथ्य १– पहिलो र दोस्रो लहरसमेत गरी १५ वैशाख ०७८ सम्म कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार दुई सय ४६ थियो । १६ वैशाखमा देशभर संक्रमितको संख्या तीन लाख १७ हजार पाँच सय ३० थियो भने १६ जेठमा पुग्दा यो संख्या पाँच लाख ५७ हजार एक सय १४ पुग्यो । अर्थात् एक महिनाको अवधिमा दुई लाख ३९ हजार पाँच सय ९४ जनामा संक्रमित भए ।  तथ्य २– १६ वैशाखबाट सरकारले उपत्यकासहित धेरै ठाउँमा निषेधाज्ञा लागू गर्‍यो । तर, निषेधाज्ञाको एक महिनामा मात्रै कोरोना संक्रमणबाट चार हजार २६ जनाले ज्यान गुमाए । योसँगै १६ जेठसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या सात हजार दुई सय ७२ पुग्यो ।  जम्मा संक्रमित  वैशाख १६ : ३,१७,५३० जेठ १६ : ५,५७,१२४     जम्मा मृत्यु      वैशाख १६ : ३,२४६ जेठ १६ : ७,२७२     नयाँ केस वैशाख १६ : ४,९२९   जेठ १६ : ४,३६९    संक्रमणदर वैशाख १६ : ३६.२४ प्रतिशत जेठ १६ : ३४.२१ प्रतिशत     निको हुने दर वैशाख १६ : ८८.२  जेठ १६ : ७९.२     मृत्युदर वैशाख १६ : १.०२ जेठ १६ : १.३१                 यो यस्तो तथ्यांक हो, जसले गएको एक महिनामा कोरोना महामारी कति भयानक रह्यो भन्ने पुष्टि गर्छ । तर, यहीबीचमा सरका