Posts

Showing posts from January, 2023

कभर स्टोरी : आलंकारिक राष्ट्रपति पद किन तानातानमा छ ?

Image
नयाँ संविधान निर्माणपछिको दोस्रो आम निर्वाचन हुँदासम्म राष्ट्रपति पद पनि एउटा शक्तिकेन्द्र देखिन थालेको छ । मुलुकका राजनीतिक दल र बाहृय शक्तिहरूले समेत संविधानतः आलंकारिक राष्ट्रपति पदलाई किन यतिविघ्न महत्व दिन थालेका हुन् ? ◾◾◾ देउवा सरकारले सिफारिस गरेका तीन जना राष्ट्रिय सभा सदस्यलाई समेत राष्ट्रपतिले अनुमोदन गरिनन् ।  तर, ३ फागुनमा केपी ओली नेतृत्वको सरकार बनेपछि ८ फागुनमा मन्त्रिपरिषदले उक्त सिफारिस खारेज गरेर युवराज खतिवडा, रामनारायण बिडारी र विमला राई पौडेललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्‍यो । त्यो निर्णय तत्काल कार्यान्वयनमा आयो । ◾◾◾ राष्ट्रपति भण्डारीले चीनबाट प्रकाशित हुने ग्लोबल टाइम्सलाई अन्तर्वार्ता दिएर बीआरआई परियोजना कार्यान्वयनमा आफ्नै सरकारको उदासीनतालाई लिएर प्रश्न उठाएकी थिइन् । साथै प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयको सहमति नहुँदा नहुँदै चीनले ल्याएको सुरक्षा रणनीति जीएसआईको सम्मेलनमा समेत सहभागी भएको आरोप सरकारी निकायले नै लगाएका थिए । ◾◾◾ गणतन्त्र घोषणा गर्दा दलहरूले ‘जनताका छोराछोरी राष्ट्रपति हुने व्यवस्था हो’ भनेर परिभाषित गरे । तर दुईवटा राष्ट्रपतिका