Posts

Showing posts from October, 2023

‘उद्धारका लागि धन्यवाद, अब विपिनको जीवन बचाऊ’

Image
  नेपाल सरकार सुरुको केही समय अलमलिएजस्तो देखिए पनि असुरक्षित स्थानमा रहेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता ल्याउने प्रक्रिया थालेको छ । स्रोत साधनसम्पन्न र भूगोलका हिसाबले समेत सहजता भएका अन्य मुलुकले समेत आफ्ना नागरिकलाई फिर्ता लिन नसकिरहेको अवस्थामा सरकारले गरेको उद्दारलाई विद्यार्थी र अभिभावकले प्रशंसा गरेका छन् । २६ असोज, काठमाडौं । इजरायलको दक्षिणी भाग किबुज अलुमिममा प्यालेस्टाइनी लडाकू समूह हमासले गरेको आक्रमणपछि त्यहाँ रहेका २५४ जना नेपाली नागरिकलाई सरकारले उद्धार गरेको छ । इजरायलका जोखिमयुक्त १६ स्थानबाट राजधानी तेल अबिबमा स्थानान्तरण गरिएका उनीहरूलाई नेपाल एयरलाइन्सको आरए–२३० उडानबाट काठमाडौं ल्याइएको हो । सरकारले गठन गरेको समन्वय संयन्त्रका संयोजक समेत रहेका परराष्ट्रमन्त्री एनपी साउद उद्धारका लागि बिहीवार बिहान इजरायलको तेल अबिबतर्फ प्रस्थान गरेका थिए । घटना भएको छेटौं दिनमा २५४ जनालाई स्वदेश ल्याएपछि परराष्ट्रमन्त्री साउदले उद्धार कार्यलाई निरन्तरता दिइने प्रतिक्रिया दिएका छन् । ‘इजरायलमा रहेका नेपालीहरूको उद्धारका लागि आवश्यकता अनुसार थप विमान पठाइनेछ । मन्त्रिपरिषद्ले व्या

प्रचण्डको चीन भ्रमण र बीआरआईमा अड्कीएको संयुक्त वक्तव्य प्रकण

Image
बीआरआई राखेपछि फुक्यो संयुक्त वक्तव्यको गाँठो   सोमबार साँझ बेइजिङको भ्रमण कार्यतालिका सकिनै लाग्दा प्रचण्डको अनवरत कोशिसपछि चीन संयुक्त वक्तव्य जारी गर्न तयार भयो भने नेपाल पनि चीनसँग केही सम्झौतामा प्रगति भएको देखिने गरी चीनको रुचिका विषय प्रवेश गराउन तयार भयो । ९ असोज, काठमाडौं । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) समेट्दै नेपाल र चीनको संयुक्त वक्तव्य जारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार चिनियाँ समकक्षी ली छ्याङसँग भेटवार्ता गरेपछि दुई देशबीच केही सम्झौता र समझदारीमा हस्ताक्षर भएको थियो । तर संयुक्त वक्तव्यमा सहमति जुटाउन सकस परेको थियो । नेपाल पक्षले प्रधानमन्त्रीको साताव्यापी भ्रमणका क्रममा बेइजिङ छाड्नुपूर्व नै संयुक्त वक्तव्य जारी गर्नुपर्ने भन्दै छलफल अगाडि बढाएको थियो भने चीनले भ्रमण सकिएर नेपाल फर्किने बेलासम्म त्यसमा गृहकार्य गर्ने सुझाव राखेको थियो । सोमबार साँझ बेइजिङको भ्रमण कार्यतालिका सकिनै लाग्दा प्रचण्डको अनवरत कोशिसपछि चीन संयुक्त वक्तव्य जारी गर्न तयार भयो भने नेपाल पनि चीनसँग केही सम्झौतामा प्रगति भएको देखिने गरी चीनको रुचिका विषय प्रवेश गराउ