Posts

Showing posts from April, 2023

मधेसमा बर्चस्वको लडाई लड्दै उपेन्द्र यादवविरुद्ध सीके राउत

Image
मुलुकमा व्यवस्था बदलीएसँगै मधेसमा राजनीतिक शक्तिको नेतृत्व पनि परिवर्तन भइरहन्छ । २००७ सालको प्रजातन्त्रपछि बेदान्द झा ,  २०४७ को बहुदलीय व्यवस्थापछि गजेन्द्र नारायण सिंह र ०६३ / ०६४ को मधेस आन्दोलनपछि उपेन्द्र यादव सबैको इतिहास बदलिएको राजनीतिक व्यवस्थासँगै मधेसमा शक्ति सम्पन्न बन्दै आएको छ ।  अहिले उदाएका सीके राउतको परिचय भने फरक ढंगले स्थापित भएको छ ।     दिपेश शाही मधेसको राजनीतिमा नयाँ सम्भावनासहित उदाइरहेका छन् जनमत पार्टीका अध्यक्ष सीके राउत । बर्चस्वको राजनीतिक लडाईमा राउत यतिबेला यसअघि शक्तिशाली मानिएका जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवविरुद्ध चर्को आलोचनामा उत्रिरहेका छन् । जनमतका अध्यक्ष राउतको तुलनामा जसपाका अध्यक्ष यादव भने मौन देखिन्छन् । जसपा अध्यक्ष यादव मंसिरमा सम्पन्न निर्वाचनपछि काठमाडौंको सत्ता राजनीतिमा व्यस्त हुँदै गर्दा मधेस पुगिसकेका राउत संगठन विस्तार र उपनिर्वाचनको तयारीमा लागि सकेका थिए । ती सार्वजनिक कार्यक्रममा राउतले यादवविरुद्ध शृंलाबद्ध आलोचना मात्रै , तीव्र आक्रमण गरिरहेका छन् । मधेस आन्दोलनको इतिहासमाथि ‘ब्ल्याकाउट’ पुस्तक लेखेका राजनी