यूभल नोहा हरारीको 'सेपियन्स : अ व्रिफ हिस्ट्री अफ ह्युमनकाइन्ड'

यूभल नोहा हरारीको 'सेपियन्स : अ व्रिफ हिस्ट्री अफ ह्युमनकाइन्ड'काे सारांश मात्रै यहाँ प्रस्तुत गरिएकाे छ ।


  • होमो सेपियन्सको अर्थ ‘बौद्धिक मानव’ हो ।
  • मानव संस्कृति आजभन्दा ७० हजार वर्ष पहिले सुरु भएको हो । 
  • मानज जीवनमा तीनवटा महत्वपूर्ण घटनाहरु भएः संज्ञानात्मक क्रान्ति (७० हजार वर्ष पहिले), कृषि क्रान्ति (१० हजार वर्ष पहिले) र वैज्ञानिक क्रान्ति (५ सय वर्ष पहिले)
  • यी क्रान्तिले मानवलाई अरु कुनै पनि जीवले गर्न नसक्ने काम गर्नसक्ने बनायो । जसले विचार निर्माण गर्छ र त्यससँग जोडि रहन्छ तर, भौतिक रुपमा उपस्थिति हूँदैन (धर्म, पूजीवाद र राजनीति) । 
  • यीनै मिथकले मानिसलाई दुनियाँ कब्जा गर्न सक्षम बनायो र मानव जातिलाई प्राकृतिक आधारमा सबैभन्दा ताकत्तदार बनाइदियो । 
  • २० लाख वर्ष पहिलेको प्रागैतिहासिक मानव अरु स्तनधारी जीवभन्दा खासै फरक थिएन ।
  • मानवको उत्पति २५ लाख वर्ष पहिले अफ्रिकाबाट भएको हो ।
  • मानव जीवनको अन्त्य अर्को १ हजार वर्षभित्र भइसक्ने छ ।
  • २० लाख वर्ष पहिलेदेखि १० हजार वर्ष अघिसम्म मानवका विभिन्न जाति पृथ्वीमा घुम्थे, जतिवेला विभिन्न प्रजातिहरु सँगै बाँच्थे ।
  • मानव शरिरको आकारभन्दा मस्तिष्क विशाल हुन्छ । 
  • मानव मस्तिष्क शारीरिक बनावटको २ देखि ३ प्रतिशत मात्रै भएपनि यसले २५ प्रतिशत उर्जा खपत गर्छ  ।
  • मानिस ४ लाख वर्ष अघिसम्म खाद्य श्रृंखलाको बीचमा थियो भने १ लाख वर्ष अघिसम्म पनि यो शिर्ष स्थानमा पुग्न सकेको थिएन ।
  • प्रायजसो जनावरले खाद्य श्रृंखलामा शिर्ष स्थान बनाउन क्रमिक रुपमा दशौँ लाखभन्दा बढी वर्ष लगाए । मानिसले यसमा छलाङ हानेर पहिलो स्थान बनायो । यसको मतलब न बाँकी अरु कुनै खाद्य श्रृंखला तयार थिए न मानिस नै । यही कारण मानिस तनाव र चिन्ता महशुस गर्छ किनभने मानिस शिर्ष स्थानमा रहन अभ्यस्त भइसकेका छैन ।
  • आगो र खाना पकाउने उपायको आगमनले मानिसलाई मस्तिष्कको वृहत विकासको लागि बाटो खोलिदियो ।
  • बौद्धिक मानव विकासक्रमका दुईवटा सिद्धान्त अन्तप्र्रजनन् (Interbreeding) र प्रतिस्थापन (Replacement) हुन् । सायद यथार्थमा दुवै सिद्धान्तको संयोजन हुनुपर्छ ।
  • निएन्डरथल्स (Neanderthals) उपेक्षा गर्न असाध्यै सिपालु तर सहन गर्न निकै फरक थिए, सायद त्यसैले होमो सेपियन्सद्वारा निएन्डरथल्सलाई खतम गरियो ।
  • मानवको अन्तिम बामपुड्के प्रजातिको मृत्यु १२ हजार वर्ष अघि भएको थियो ।
  • होमो सेपियन्सले आफ्नो छुट्टै भाषाका कारण दुनियाँलाई जित्न सफल भएको हो ।
  • संज्ञानात्मक क्रान्ति ७० हजारदेखि ३० हजार वर्ष अघिसम्म चल्यो । यसले होमो सेपियन्सलाई यस अघि कहिल्यै पनि नदेखिएको स्तरमा संवाद गर्नसक्ने बनायो ।
  • हामीले थाहा पाएसम्म होमो सेपियन्सले मात्रै कहिल्यै नदेखेको, नछोएको र नसुंघेको विषयमा कुरा गर्नसक्छ । जस्तो कि धर्म, किंवदन्ती, मिथ र स्वैरकल्पना ।
  • होमो सेपियन्सले कथा, कहानी र मिथकलाई बढाइ चढाई वर्णन गर्नसक्छ । यसले हामीलाई अरु जीवबाट अलग गरिदियो ।
  • चिम्पान्जीले ५० भन्दा धेरैको समूह बनाउन सक्दैन । मानिसका लागि समूह सामान्यतया १ सय ५० वा त्यसको आसपासमा हुन्छ । यसको मतलब मानिस कानेखुसी वा व्यक्तिगत सञ्चारमा भर पर्न सक्दैन । मानिसका लागि ठूलो संख्यामा एकसाथ काम गर्नका लागि त्योभन्दा थप बहस र छलफल चाहिन्छ ।
  • साझा मुल्य र मान्यता आदानप्रदान गरेर ठूलो संख्यामा मानिसहरु सँगै मिलेर काम गर्न सक्छन् ।
  • बौद्धिक सर्कलमा कथालाई वास्तविक कल्पनाका रुपमा व्याख्या गरिन्छ । 
  • एउटा काल्पनिक सत्य झुठो हुँदैन, किनभने निश्चित समूहले यसलाई विश्वास गरिरहेको हुन्छ ।
  • संज्ञानात्मक क्रान्तिपछि मानव जहिल्यै दोहोर सत्यमा बाँचिरहेको छ: भौतिक सत्य र काल्पनिक सत्य ।
  • मानिसको सहकार्यलाई मिथको कथा परिवर्तन गरेर परिवर्तन पनि गर्न सक्छ ।
  • किनभने होमो सेपियन्सले भनेका मिथक वंशमा आधारित हुँदैनन् । जसरी आफ्नो नयाँ व्यवहारलाई सरल बनाउँथे त्यसैगरी विश्वासलाई पनि अनुकुल बनाउँथे । वंशानुगत परिवर्तनका लागि होमो सेपियन्सलाई लाखौँ वर्षको प्रतिक्षा गर्नु परेन । 
  • होमो सेपियन्स मात्रै त्यस्तो जनावर हो जसले व्यापार गर्न सक्छ ।
  • हामीलाई थाहा भएसम्म आजभन्दा ३० हजार वर्ष अघिसम्म पनि मानिसको अहिलेको जस्तै शारिरीक, भावनात्मक र बौद्धिक क्षमता थियो ।
  • विकासवादी मनोविज्ञानले दाबी गरेअनुसार मानिसको मनोविज्ञान १० हजार वर्ष अघिको कृषि क्रान्तिभन्दा अघिको समयमा भएको थियो ।
  • हाम्रो म्ल्ब् मा उच्च क्यालोरीयुक्त भोजनको कनेक्सन हुन्छ ।
  • कृषि क्रान्तिपछि पनि सबै मानवका लागि जीवन जिउने एउटै तरिका थिएन । त्यहाँ विभिन्न संस्कृति अपनाउन सकिने विकल्प मात्रै थियो ।
  • मानिसले १५ हजार वर्ष अघि घरपालुवा बनाएको पहिलो जनावर कुकुर हो ।
  • प्राचिन मानवमा १० हजार वर्ष अघि थोरै मात्रै गोपनियता थियो । तर एक्लोपना पनि थोरै मात्रामा थियो ।
  • प्राचीनकालिन पूर्वजहरुमा आफ्नो भौतिक परिवेशका बारेमा गहिरो ज्ञान हुन्थ्यो जुन अहिले प्राय कमैसँग मात्रै हुन्छ ।
  • आज मानिसको आवादी १५ हजार वर्ष अघिको तुलनामा एकदमै धेरै छ । व्यक्तिगत स्तरमा मानिस आज निकै विशिष्ट छ । तर, प्राचीन इतिहासमा पनि मानिसहरु निकै जानकार र क्षमतावान थिए । 
  • आजभन्दा १० हजार वर्ष अघिको तुलनामा ‘अपरिचित’ जीनलाई अघि बढाउन आज निकै सजिलो छ ।
  • प्रागैतिहासिक धर्म र मान्यताको बारेमा ज्ञानको कमी हुनु मानव इतिहासको बुझाईमा सबैभन्दा ठूलो छिद्र हो ।
  • अस्ट्रेलियाको समुन्द्र र जमिनमा यात्रा गर्नु मानव इतिहासको सबैभन्दा महत्वपूर्ण अभियानमध्ये एक थियो । 
  • होमो सेपियन्सले १६ हजार वर्ष पहिले अमेरिका बनायो ।
  • अलास्काहुँदै साइबेरिया प्रायद्वीपदेखि क्यानडासम्म र संयुक्त राज्य अमेरिकाहूँदै मेक्सिको तथा मध्य अमेरिकादेखि एन्डीज र अमेजनदेखि दक्षिण अमेरिकासम्म मानव बसाई दुनियाँमा देखिएको एउटै प्रजातिद्वारा गरिएको अविश्वसनिय सबैभन्दा तिव्र गतिको बसाई थियो । 
  • अविश्वसनिय तरिकाले कृषि क्रान्ति दुनियाँका फरक–फरक स्थानमा फैलियो ।
  • आधुनिक मानव समयसँगै अत्याधिक बुद्धिमानि भएको कुनै प्रमाण भेटिदैन ।
  • कृषि क्रान्तिले सुरुवातमा सामान्य मानिसको जीवनलाई त्यति राम्रो बनाएन । मानिसको हरेक इकाईमा यसले अत्याधिक खाद्यन्न संकलन गर्न सघायो र समग्र आबादीमा यो तिव्र रुपमा वृद्धी हुँदै गयो ।
  • कृषि क्रान्तिभन्दा अघिको केही हजार वर्ष पहिले वास्तवमा काम धेरै, आराम थोरै र बढ्दो जनसंख्याका कारण मानव जीवनलाई निकै कठिन बनाएको थियो ।
  • इतिहासका केही फलामे कानुन मध्येबाटै विलासिताका आवश्यक्ता तय हुन्छन् र तिनैले नयाँ दायित्व पनि पुरा गर्दछन् । मानिस जब एकपटक नयाँ विलासिताको आनन्द लिन सुरु गर्छ तब उ उपेक्षित हुन्छ र फेरि उसैमा भरोसा गर्न थाल्दछ ।
  • कृषि क्रान्तिको विकासवादी सफलता व्यक्तिगत तवरमा भोग्नु परेको अत्यन्तै कष्टका कारण प्राप्त भएको थियो । मानिसका लागि मात्रै होइन, घरपालुवा जनावर गाई, भेडा, कुखुरा आदीका लागि पनि ।  
  • मानिसले जे विश्वास मान्छ र जे गर्छ त्यो उसको जीवनको मिथ हुन्छ ।
  • व्यवस्थालाई मानिसले सोचेको जस्तो बनाउनका लागि सबैभन्दा पहिले त्यस्तै  परिवर्तन चाहने समूहको पहिचान गर्नुपर्छ । त्यसपछि मात्रै नयाँ कल्पनाको गरेको जस्तो व्यवस्था निर्माण गर्न सकिन्छ । 
  • लेखाइको मुख्य उदेश्य हिसाब सुरक्षित गर्नका लागि थियो, जसलाई मानिसको दिमागले व्यवस्थित गर्न सक्दैन थियो । मानिसको मस्तिष्क जैविक, जीव र सामाजिक सूचना स्मरण गर्नमा निकै राम्रो ठहरिन्छ ।
  • इन्कासले सुरु गरेको प्राचिनले लेख्ने चलनलाई क्वीपु (quipu) भनिन्छ । त्यसमा शब्दहरु नलेखिएर विभिन्न रङका डोरी र त्यसमा पारिने गाँठाले नै शब्द र संख्याको प्रतिनिधित्व गर्थे ।
  • लेखाइले वास्तवमा मानिसको सोच्ने तरिकामा नै बदलाव ल्यायो । मानिसलाई लेखनले विभिन्न तरिकाले तथ्याङ्क राख्न सहज बनाइदियो ।
  • दुनियाको प्रचलित भाषा ‘संख्या’ हो ।
  • सामाजिक उपसंरचना, असमानता आदी मानिसले बनाएका विषय हुन् । 
  • प्राय धनि मानिसहरु धनि हुन्छन् किनभने तिनीहरु सम्पन्न परिवारमा जन्मिएका हुन्छन् र गरिबहरु गरिब नै हुन्छन् किनभने तिनीहरु गरिब परिवारमा नै जन्मिएका हुन्छन् ।
  • अन्यायपूर्ण भेदभाव समयसँगै जटिल बन्दै जान्छ । 
  • सन् २००६ सम्म पनि पतिले आफ्नै श्रीमतिलाई बलत्कार ग¥यो भने कानुनी रुपमा कारवाही गर्ने कानुन नभएका ५३ वटा मुलुक थिए । 
  • जब असमानताको कुरा आउँछ जीव विज्ञान सक्षम हुन्छ भने संस्कृति असक्षम देखिन्छ । ‘अप्राकृतिक’ व्यवहार वास्तवमा ईसाई धर्मशास्त्रको परिणाम हो, जीव विज्ञानको होइन ।
  • यदि कुनै चिज बायोलोजिकल्ली सम्भव छ भने त्यो प्राकृतिक कुरा हो । वैज्ञानिक दृष्टिकोणमा दुई पुरुषबीचको सेक्स प्राकृतिक कुरा हो भने प्रकाशको गतिमा यात्रा गर्नु अप्राकृतिक वा अस्वभाविक कुरा हो ।
  • प्राय संस्कृतिहरुमा महिलाभन्दा पुरुषलाई बढी मुल्यांकन गरिन्छ ।
  • सबै मानव संस्कृतिहरु विसंगतिले भरिएका हुन्छन् । स्वतन्त्रता र समानता दुवै आदर्श एकै पटक काम गर्न सक्दैनन् । यो मानव जीवनको एउटक अंग हो । यो आफैमा गलत होइन किनभने यसले मानिसलाई आलोचनात्मक भएर सोच्न सिकाउँछ, संगति मात्रै त निष्प्राणहरुको खेल मैदान जस्तै हो ।
  • इतिहास निरन्तर एकतातर्फ अघि बढ्छ । यो पुरै दुनियाँ एक विश्व संस्कृति निमार्णतर्फ अघि बढिरहेको छ । 
  • पैसाको सृजना पूर्ण रुपमा बौद्धिक क्रान्ति हो । मानिसको दिामागमा बाहेक अन्त यसको स्थान हुँदैन ।
  • ९० प्रतिशतभन्दा बढी पैसा इलेक्ट्रोनिक डाटा मात्रै हो, भौतिक पैसा होइन ।
  • पछिल्लो २५ सय वर्षदेखि शासन राजनीति कै एउटा स्वरुप हुँदै आएको छ ।
  • सामान्यतया विद्रोहका कारण साम्राज्य ढल्दैन । सँधै बाहिरी आक्रमण वा शक्तिशाली वर्गको आन्तरिक विभाजनका कारण दल्छन् ।
  • मानिस जे विश्वास गर्छ त्यो उसको संस्कृतिको एउटा पाटो हो जुन हाम्रा पुर्खालाई जित्ने शासकहरुले लादेका हुन्छन् ।
  • शासकहरु नकरात्मक बाहेक पनि धेरै सकरात्मक विशेषता पनि छन् । कला, संस्कृति, सुशासन वा धेरै कुराहरु शासनशैलीकै स्वरुप हुन् । अक्सर शासकले नयाँ समूहसँग मिलेर नयाँ संस्कृतिको निर्माण गर्दछन् ।
  • अवश्य पनि मानिस विश्वको एउटा विश्व साम्राज्य निर्माण गर्नेतर्फ बघिरहेको छ । विश्व बजार, ग्लोबल वार्मिङ र सामान्यतया मानवअधिकार जस्ता स्वीकृत अवधारणाले के स्पष्ट गर्छन भने मानिसलाई एउटा सामूहिक इकाईको आवश्यकता छ न कि राज्य र देशको ।
  • शासन र सम्पत्तिभन्दा पछि धर्म तेस्रो ठूलो मानविय सृजना हो । 
  • कृषि क्रान्तिसँग धार्मिक क्रान्ति पनि सँगै सम्पन्न भएको थियो ।
  • बहुदेवता मान्ने प्रचलन (polytheism) अशिक्षीत र असभ्य मानिएता पनि यसले धेरैखालका मान्यतालाई स्वतन्त्र र स्वीकार्य ठान्दछ ।
  • चर्चित र धनि मानिस विरलै सन्तुष्ट हुनसक्छ ।
  • बौद्ध परम्पराअनुसार सबै अवस्थामा मानिसमा चाहना हुन्छ र त्यही चाहनाले नै मानिसको जीवनमा दुख आइपर्छ ।
  • पछिल्लो २ सय वर्षमा विज्ञानले तिव्र गतिमा गरेको खुलासा के हो भने, मानवको व्यवहार हर्मोन, जीन र न्युरोलोजकल सिनेप्सद्वारा निर्धारित हुन्छ ।
  • केही कुरा किन भयो भनेर व्याख्या गर्नुको मतलब त्यसको अरु घटनासँग जोडिएको सम्बन्ध खोज्नु हो ।
  • इतिहासको कुनै विशेष क्षेत्रका बारेमा जति गहिरो ज्ञान भयो उती नै कठिन हुँदैजान्छ कि एउटा विशेष परिणा किन आयो र अर्को किन आएन ?
  • इतिहासको अपरिहार्य नियम के हो भने जे हुन्छ भनेर अनुमान गरिएको हुन्छ त्यो पूर्व अनुमान गर्न असम्भव हुन्छ ।
  • इतिहासले मानवका लागि हितकर काम मात्रै गरेको वा समयअनुसार मानवको कल्याण गरेको कुनै प्रमाण छैन ।
  • वैज्ञानिक क्रान्ति करिब ५ सय वर्ष अघि युरोपबाट सुरु भयो । पछिल्लो ५ सय वर्षमा मानविया प्रभाव अभूतपूर्व तवरमा बढ्दै गएको देखिएको छ ।
  • विज्ञानको तर्कअनुसार मानव जातिसँग जीवनका कयौँ प्रश्नको जवाफ हुँदैन तर धर्मले यो पहिले नै लेखेर आएको हुन्छ भनेर तर्क गर्छ । विज्ञान मानविय अज्ञानतालाई स्विकार गर्नसक्छ ।
  • आधुनिक संस्कृतिले पुराना संस्कृतिभन्दा कुनै पनि अज्ञानतालाई स्वीकारगर्न सक्षम देखिन्छ ।
  • पुरानो संस्कृति तथा मान्यता प्रणालीले कहानीमार्फत सिद्धान्त बनाउने काम गर्यो भने विज्ञानले गणितको उपयोग गरेर सिद्धान्त बनायो ।
  • सामान्यतया कुनै पनि सिद्धान्त १०० प्रतिशत सहि हुँदैन भनेर वैज्ञानिकले स्वीकार गर्नसक्छ । त्यसैले ज्ञानको परिक्षा मात्रै वास्तविक सत्य होइन, उपयोगिता मात्रै हो । विज्ञान मानिसलाई शक्ति दिन्छ । त्यो शक्ति जति धेरै उपयोगी हुन्छ, विज्ञान त्यति नै बलियो हुन्छ ।
  • सैन्य हतियारको आवश्यक्ताले विज्ञानलाई रफ्तारमा अघि बढाई रहेको छ । वास्तवमा युद्धले वैज्ञानिक खोजको संकेत गरिरहेको हुन्छ ।
  • हिजो असल मस्तिष्कले हरेक दिन मृत्युको अर्थ खोजिरहेको हुन्थ्यो । आज मानिसको सबैभन्दा असल दिमाग विज्ञानको प्रयोग गरेर मृत्युलाई रोक्ने उपाय खोजिरहेको हुन्छ । विज्ञानले मृत्युलाई अनिवार्य मान्दैन । 
  • अधिकांश मानव इतिहासमा प्रति व्यक्ति उत्पादन समान थियो । पुजीवादको जन्मसँगै प्रति व्यक्ति उत्पादन ह्वात्तै बढ्यो ।
  • एडम स्मिथले द वेल्थ अफ नेसनसमा पूजीवादबारे निजी लाभमा वृद्धि भएको सामूहक धन समृद्धीको आधार हो । अर्थात, धनि भएपछि मानिसले आफूलाई मात्रै नभएर सबैलाई फाइदा पुर्याउँछ । 
  • पूजीवादले काम गर्नका लागि नयाँ उत्पादनमा मुनाफाको फेरि लगानी गरिनुपर्छ ।
  • पूजीवादले आर्थिक विकासलाई मात्रै सर्वोच्च ठान्दछ । किनभने यो व्यवस्थामा न्याय, स्वतन्त्रता र खुशी सबैका लागि  आर्थिक आवश्यकता पर्दछ ।
  • १७ औँ शताब्दीको सुरुवातमा औसत अंग्रेजको वार्षिक चीनि खपत लगभग शून्य थियो जुन १९ औँ शताब्दीको सुरुवातसम्म पुग्दा १८ पाउन्ड पुगेको थियो ।
  • प्रत्येक वर्ष विश्वभरका भोकमरी लागेका मान्छेलाई खुवाउन पुग्ने पैसा बराबार अमेरिकाको जनसंख्या एक्लैले खर्च गर्छ ।
  • प्राय मानिसलाई थाहा हुँदैन कि उ कति शान्त समयमा बाँचि रहेको छ भनेर ।
  • अहिलेको समयमा युद्ध र हिंसाको तुलनामा आत्महत्या गरेर मर्ने मानिसको संख्या धेरै छ । कार दुर्घटनामा पनि करिब यस्तै अवस्था छ ।
  • हाम्रो विगतको दृष्टिकोण तत्कालिन घटनाक्रमबाट निकै प्रभावित हुन्छ ।
  • मानव इतिहासको अबको चरणमा जैविक विज्ञान र प्राविधिक परिवर्तन मात्रै हुनेछैनन् । त्यहाँ मानविय पहिचान र चेतनामा समेत परिवर्तन आउनेछ ।


Comments

Popular posts from this blog

मर्यादा नाघ्ने तीव्र दौडमा चिनियाँ कूटनीतिज्ञ

अनुवाद: २० वर्षपछि अमेरिकी छनौटको इराक युद्धलाई फर्केर हेर्दा

बुसलाई किन जुत्ता हानेँ मैले?