REVIEW : निर्वाचित तानाशाह र ‘टाइम म्यागजिन’ का कभर स्टोरी


‘लोकतन्त्रमाथि खतरा कोबाट छ ?’

यस प्रश्नमाथि पछिल्लो समय सबभन्दा बढी बहस चलेको र चलिरहेको छ । सम्भवतः पछिल्लो दशक त्यसमा पनि सन् २०१६ मा अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा विजयी भएर सन् २०१७ मा ह्वाइट हाउस प्रवेश गरेपछि अझैँ धेरै यस प्रश्नमाथि बहस भयो । र, अधिकांश विद्धुवानहरूले पहिल्याएको यस प्रश्नको जवाफ हो, ‘निर्वाचित तानाशाह’ । लेखक, इतिहासकारदेखि तमाम बुद्धिजीवीहरूले यहि दावी र संकेत गरिरहेका छन् । अमेरिकाका ट्रम्पदेखि भारतका नरेन्द्र मोदीहुँदै नेपालका केपी ओली सम्मलाई यसको उदाहरणका रुपमा लेखक बुद्धिजीवीहरूले प्रस्तुत गरेका छन् । सत्ताशिन यी व्यक्तिहरूले आफ्ना गतिविध र अभिव्यक्तिबाट पटकपटक यो निष्कर्षलाई पुष्टि पनि गरिरहेका छन् । 

शासक कतातिर उन्मुख हुँदैछ भनेर मापन गर्ने एउटा प्यारामिटर हो, उसको मिडियाप्रतिको व्यवहार । राष्ट्रपतिकालमा ट्रम्पले आफूमाथिको आलोचनालाई सहन नसकेर सबैभन्दा बढी प्रयोग गरेको शब्द हो, ‘फेक न्यूज’ र ‘फेक मिडिया’ । सीएनएन्, द न्यू र्योक टाइम्स, टाइम म्यागजिनलगायत अमेरिकी मिडियासँग उनको सम्बन्ध कहिल्यै सुमधुर हुन सकेन । ट्रम्पका ‘हर्कतहरू’ माथि ती मिडियाहरूले निरन्तर लेखिरहे भने ट्रम्पले ती सूचनालाई ‘फेक’ भनेर आरोप लगाइरहे । समाचार संस्थाहरू मात्रै होइन उनको राष्ट्रपतिय कार्यकाल सकिँनै लाग्दासम्म त कर्पोरेट सामाजिक सञ्जालसँग पनि उनको सम्बन्ध निकै तिक्त बन्यो । ट्रम्पको राष्ट्रपतिय कार्यकाल सकिएर ह्वाइट हाउसबाट बाहिरीने बेलासम्म अवस्था यस्तोसम्म आयो कि उनले सामाजिक सञ्जालमा लेखेका ‘स्टेटमेन्ट’ मा कर्पोरेट संस्थाले नै ‘फेक अपोनियन एण्ड इन्फर्मेसन’ भन्दै सेन्सर लगाउनुप¥यो । त्यति मात्रै होइन, ट्वीटर र इन्स्टाग्रामलगायत कम्पनीले त उनका व्यक्तिगत खाता नै बन्द गर्नुपर्‍यो । 

भारतमा नरेन्द्र मोदीले क्याराभान, वायर, इन्डियन एक्सप्रेस र एनडिटीभीलगायत सत्ताको आलोचनामा लेख्ने अधिकांश मिडियालाई लामो समयदेखि वहिष्कार नै गरिरहेका छन् । रवीश कुमारलगायत पत्रकारका प्रश्नलाई उनले सुन्न आँटसमेत गरेका छैनन् । त्यस्तै नेपालमा प्रधानमन्त्री ओलीले सञ्चार माध्यममाथि निरन्तर प्रहार गरिरहेका छन् । ‘मुटु नभएका’ भनेर सम्पादकमाथि व्यत्तिगतस्तरमा उत्रेर होच्याउनेनेदेखि पत्रकारितामा प्रयोग गरिने आदरार्थी शब्दमा आफूलाई सम्मान नगरिएको भन्ने सम्मका आक्रोश पोख्दै ओली खरो ढंगले मिडियाको आलोचना गरिरहेका हुन्छन् ।

अहिलेलाई बिद्धुवानहरूको निष्कर्षलाई आधार मान्ने हो भने यसरी लोकतन्त्रमाथि खतरा उत्पन्न गराइरहेका यी ‘निर्वाचित शासकहरू’ बारे मिडियाले यथार्थ नबोल्दा नागरिकले व्यवस्थाको अन्त्यपश्चात मात्रै यस बारेमा जानकारी पाउनेछन् । यदि त्यसो हुन नदिने हो भने अमेरिकी मिडियाले ट्रम्पका गतिविधिमाथि निगरानी राखेजस्तै यहाँ पनि चनाखो भइराख्नु आवश्यक छ । यहाँ अमेरिकामा ट्रम्पमाथि मिडियाले राखेको निगरानीले सारा विश्वलाई के फरक प¥यो भन्ने भन्दा पनि अमेरिकी मोडलको लोकतन्त्रलाई के फरक प¥यो भनेर हेर्नु÷बुझ्नु उचित होला ।

निर्वाचनमा पराजित भएर भर्खरै ह्वाइट हाउस छोडेका ट्रम्पले आफ्नो कार्यकालभरी मिडियाको आलोचना गरिरहे । उनले मात्रै मिडियाको आलोचना गरिरहेनन् अमेरिकी मिडियाहरूले पनि उनका हर्कतको निरन्तर निगरानी गरिरहे । सम्भवतः अमेरिकाको इतिहासमै तुलनात्मकरूपमा यति धेरै आलोचनात्मक छवि बनाउने र मिडियासँगको सम्बन्ध तिक्तापूर्ण बनाएर ह्वाइट हाउस छोड्ने राष्ट्रपति कमै होलान् । ट्रम्पमाथि निरन्तर निगरानी राख्ने ती सञ्चार माध्यम मध्येको एक हो ‘टाइम म्यागजिन’ ।

ट्रम्पले अमेरिकाको ४५ औं राष्ट्रपतिको सपथ लिनुभन्दा केही दिनअघि मात्रै टाइम म्यागेजिनले उनलाई वर्ष व्यक्ति २०१६ का रुपमा आफ्नो कभरमा स्थान दिएको थियो, १९ डिसेम्बर २०१६ को अंकमा । राष्ट्रपतिय कार्यकाल सुरु हुँदैगर्दा टाइमको वर्ष व्यक्तिका रुपमा स्थान पाएका ट्रम्प कार्यकाल सकिएर ह्वाइट हाउसबाट बाहिरिँदै गर्दा पनि टाइम म्यागजिनको कभरमा छाए, ‘डेमोक्रेसी अन्डर अट्याक’ शीर्षकमा । नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सपथ कार्यक्रम हुनु ठीक दुई दिन अघि १८ जनवरी २०२१ को यो अंकमा चुनावमा पराजित भएपछि ट्रम्पले दिएको भाषणबाट उत्तेजित भएर उनका समर्थकले अमेरिकी विधानसभा भवनमा गरेको आक्रमण र त्यसले लोकतन्त्रमाथि उत्पन्न खतराबारे मोल्ली बलले लेखेको विश्लेषणात्मक रिपोर्ट छ । सन् २०१७, जनवरी २० यता टाइम म्यागजिनका १६१ वटा अंक प्रकाशित भएका छन् । जसमध्ये २५ वटा अंकमा ट्रम्प ‘कभर स्टोरी’ बने । रोचक त के छ भने टाइम म्यागजिनका ती ३३ मध्ये प्रायः अधिकांश स्टोरीहरूमा ट्रम्पको प्रशंसनीय भन्दा आलोचनायोग्य कार्यहरू धेरै छन् ।

तथ्याङ्कअनुसार सन् २०१७ को जनवरी २० मा ट्रम्पले राष्ट्रपतिको सपथ लिएयता त्यो वर्ष टाइम म्यागजिनका ४४ वटा अंक प्रकाशित भए । जसमध्ये ९ वटा अंकको कभरमा ट्रम्प छन् । सन् २०१८ पनि टाइम म्यागजिनका ४४ वटा अंक प्रकाशित भए । जसमध्ये १० वटा अ्रंकको कभरमा ट्रम्प छन् । त्यस्तै सन् २०१९ मा प्रकाशित टाइमका ४१ मध्ये ३ वटा अंकमा ट्रम्प कभर स्टोरीमा छन् । सन् २०२० मा प्रकाशित ३१ मध्ये ३ वटा अंकको कभरमा ट्रम्प छन्, भने जाँदाजाँदै सन् २०२१ मा प्रकाशित टाइम म्यागजिनको पहिलो अंकमा पनि ‘डेमोक्रेसी अन्डर अट्याक’ शीर्षकमा ट्रम्प नै छन् ।

ट्रम्पमाथि टाइमका कभर स्टोरी

जनवरी ३०, २०१७ ।

ट्रम्पले राष्ट्रपतिको सपथ लिएपछि प्रकाशित दोस्रो अंक । स्टोरीको शीर्षक छ, ‘डोनाल्ड ट्रम्पको अभूतपूर्व, विभाजकारी भाषण’ । यसअघिको अंकमा टाइमले ट्रम्पको ह्वाइट हाउस आगमन र बाराक ओबामाको बिदाईबारे कभर स्टोरी गरेको थियो । यस अंकमा भने २० जनवरीमा ह्वाइट हाउस प्रवेशपछि राष्ट्रपतिको नयाँ कार्यकाल उद्घाटन तथा सपथ ग्रहण कार्यक्रममा ट्रम्पले दिएको भाषणलाई विषयवस्तु बनाइएको छ । उक्त भाषणमा राष्ट्रपतिहरूले आफ्ना भावि कार्य योजनाहरूबारे बोल्ने प्रचलन छ । ट्रम्पले पनि त्यही गरेका थिए । अमेरिकी शासन व्यवस्थाको केन्द्रमा जहिले पनि विदेश नीति र अर्थ नीति रहन्छन् । ट्रम्पले भाषणमा यीनै दुईवटा विषयमाथि धारणा राखेका थिए । 

‘हामीले केही दशकयता स्वदेशी उद्योगलाई बेवास्ता गर्दै विदेशी उद्योगमा लगानी ग¥यौँ । हाम्रो सेनालाई दुखी बनाउँदै अन्य देशको सेनालाई सहायता बाँड्यौँ । हाम्रो आफ्नै सीमालाई हेरेनौँ, तर अरूको सीमा रक्षामा लगानी गर्‍यौँ । अरू देशको पूर्वाधार विकासमा अरबौं डलर खर्च ग¥यौँ, तर आफ्नो अवस्था जर्जर बन्दै गयो,’ ट्रम्पले उक्त भाषणमा भनेका थिए, ‘हामीले अरू मुलुकलाई धनी बनायौँ तर हाम्रो अर्थतन्त्र ओरालो लाग्दै गयो । त्यसैले आजैको दिनदेखि हामी नयाँ दृष्टिकोणसहित हाम्रो मुलुकलाई समृद्ध बनाउन लागिपर्ने छौँ । र सँधै अमेरिका पहिले हुनुपर्छ ।’ यस भाषणमा ट्रम्पले सबैभन्दा बढी दोहो¥याएको शब्द थियो, ‘अमेरिका फस्र्ट’ । टाइमले उनको यही भाषणले ‘अमेरिकाको प्रचलित अर्थ र विदेश नीतिमाथि ट्रम्पले धावा बोल्न सुरु गरेको’ भनेर आलोचना ग¥यो । स्टोरीको निष्कर्ष थियो, ‘ट्रम्पको यो भाषण इतिहासमै सबैभन्दा धेरै भ्रमात्मक, लोकप्रियतावादी, तथाकथित राष्ट्रवादी र अभूतपूर्व विभाजनकारी भाषण हो ।’

फेब्रअरी २७, २०१७ । 

एक महिनापछिको अंकमा शीर्षक छ, ‘अराजकताभित्र डोनाल्ड ट्रम्पको ह्वाइट हाउस’ । निष्कर्ष छ, ‘डोनाल्ड ट्रम्पले व्यवस्था भत्काउने वाचा गरेका थिए, जुन वाचा आज उनी पूरा गरिरहेका छन् ।’ ट्रम्पको कार्यकाल सुरु भएको ठीक एक महिना मात्रै पूरा भएको थियो । तर उनी यति मैमत्त थिएकी ह्वाइट हाउसभित्र कुनै नियम नै छैन जस्तो बनेको टाइमको आरोप थियो । महत्वपूर्ण बैठकहरूमा उनले छोरी, ज्वाई र अन्य नातेदारहरूलाई अनावश्य प्रवेश गराएको, उनको निर्देशनमा न्यायलयले आप्रवासीहरूलाई अमेरिका प्रवेशमा रोक लगाउने आदेश जारी गरेको, खुफिया अधिकारीहरूले ट्रम्पका राष्ट्रीय सुरक्षा सल्लाहकार माइकल फ्लिनले रूसी राजनीतिज्ञसँगको गोप्य सम्बन्ध लुकाउन दबाब दिएको खुलासा गरेको र सन् २०१६ को राष्ट्रपतिय चुनावका बेला रूसका गुप्तचर विभागका व्यक्तिहरूसँग ट्रम्प सम्पर्कमा रहेको लगायतका आधार टाइमले प्रस्तुत गरेको थियो । साथै चीनका राष्ट्रपति सि जिलपिंगले ताइवान सरकारलाई अधिनस्तमा राख्नका लागि ट्रम्पलाई पछाडि हट्न बाध्य पारेको दावी पेश गर्दै टाइमले ट्रम्प अमेरिकी शासन व्यवस्था भत्काउन लागि परेको उल्लेख गरेको थियो । यससँगै टाइमले ह्वाइट हाउसभित्र ट्रम्पले गरिरहेका स–साना विषयमाथि पनि सुक्ष्म अध्ययन गरेर रिपोर्ट प्रस्तुत गरेको थियो ।

मार्च २०, २०१७ ।

ट्रम्पको कार्यकाल सुरु भएको ९० औं दिनमा प्रकाशित टाइमको यो अंकमा शीर्षक छ, ‘राज्यविरुद्ध डोनाल्ड ट्रम्पको युद्धको भित्रिकुरा’ । मार्च ४ तारिखका दिन ट्रम्पले पूर्व राष्ट्रपति बाराक ओबामा विरुद्ध गरेको ट्वीटलाई यस कभर स्टोरीमा राज्यविरुद्धको आक्रमण भनिएको छ । ट्रम्पले राष्ट्रपति निर्वाचनमा रुसी गुप्तचर संस्थासँगको उनको सम्बन्धलाई लिएर विवाद सुरु भइसकेको थियो । त्यसैलाई लिएर उनले ट्वीट गरेका थिए, ‘भयानक ! बल्ल थाहा भयो ओबामाले मेरो ट्रम्प टावरको टेलिफोन ट्याप गरेका रहेछन् । त्यहाँ केही पनि मिलेन । यो मैकार्थीवाद (प्रमाण विना कसैलाई आरोपित गर्ने कार्य) हो ।’

यसमाथि टाइमले टिप्पणी गरेको थियो, ‘१४० भन्दा पनि कम अक्षरमा ट्रम्पले एक पूर्व राष्ट्रपति विरुद्ध अभद्र अपराधको आरोप लगाए ।’ ट्रम्पले त्यो समयमा अमेरिकाको अदालतदेखि सुरक्षा, प्रशासन, गुप्तचर र विभिन्न क्षेत्रमा हमला गरेको र त्यो अमेरिकी मोडेलेको राज्य संयन्त्रमाथि ट्रम्पले गरेको युद्धका रुपमा टाइमले प्रस्तुत गरेको थियो ।

अप्रील ३, २०१७ । 

अप्रील ३, २०१७ को अर्को अंकमा राष्ट्रपतिका रूपमा ट्रम्पले बोलेका झूठ र भ्रममाथि नै कभर स्टोरी गरेको छ, ‘के सत्य मरिसक्यो ?’ शीर्षकमा । ट्रम्पले ओबामामाथि टेलिफोन ट्यापको आरोप लगाएपछि त्यसले राज्यका सुरक्षा संयन्त्रमा खैलाबैला मात्रै मच्चिएन, गुप्तचर संस्थाका अधिकृतहरू उनको अभिव्यक्तिको खण्डन नै गर्नुप¥यो । त्यसले अमेरिकाको इन्टरनेट सुरक्षा र सुरक्षा संयन्त्रमाथि अविश्वास उत्पन्न गराउने टाइमको निष्कर्ष थियो ।

 मे २२, २०१७ ।

मे २२, २०१७ को अंकमा ट्रम्पले फेड्रल ब्यूरो अफ इन्भेस्टीगेसन (एफबीआई) का निर्देशक जेम्स कोमीलाई वर्खास्त गरेको विषयलाई  लिएर स्टोरी गरेको छ । जहाँ उनले सन् २००८ को राष्ट्रपतिय चुनावका बेला उनकी प्रतिद्वन्द्वी हिलारी क्लिन्टनले सरकारी कामका लागि व्यक्तिगत इमेल प्रयोग गरेको स्क्यान्डलमा अनुसन्धान गर्न लगाएका थिए । त्यसमा कोमीले इमान्दारीता नदेखाएको आरोप ट्रम्पको थियो । तर टाइमले त्यो बहानामा ट्रम्पले आफ्नो मस्कोसँगको सम्बन्धका बारेमा कोमीले जाँच गर्न थालेपछि वर्खास्त गरेको तथ्यसहित रिपोर्ट प्रस्तुत ग¥यो ।

जुन १२, २०१७ ।

‘अमेरिका पहिले’ भन्ने नारासहित चुनाव जितेका ट्रम्पले ह्वाइट हाउस प्रवेशपछि भने परिवारलाई केन्द्रमा राखेको आरोप लाग्न थालेको थियो । उनले आफ्ना ज्वाईंलाई ह्वाइट हाउसको वरिष्ठ सल्लाहकारका रूपमा नियुक्त गरे । टाइमले आफ्नो कभर स्टोरी नै ट्रम्पले परिवारलाई प्राथमिकतामा राखिरहेको र उनका ज्वाई जारेड कुश्नरको नियुक्ती यसको एउटा उदाहरण भएको तथ्यसहित कभर स्टोरी छाप्यो । साथै ज्वाईकै सल्लाहमा उनले एफबीआई निर्देशक जेम्स कोमीलाई बर्खास्त गरेको र महत्वपूर्ण भेटघाट र बैठकमा उनलाई निर्वाद प्रवेश दिइएको विषयलाई टाइमले प्राथमिकतका साथ उल्लेख गरेको थियो । 

अगस्ट २८, २०१७ ।

अगस्ट २८, २०१७ को अंकमा टाइमले भर्जिनिया राज्यको चार्लोट्टेस्भिल्ले सहरमा भएको जातीय दंगा र त्यसमा ट्रम्पको भूमिकालाई लिएर स्टोरी गरेको छ । जहाँ ट्रम्प असफल भएको र उनको रवैया परिवर्तन नभए सिंगो राष्ट्र समस्यामा फस्ने विश्लेषण टाइमले गरेको छ । 

अक्टोबर ९, २०१७ 

अक्टोबर ९, २०१७ को अंकमा टाइमले राष्ट्रिय फूटबल लिग (एनएफएल) मा खेलाडीहरूले काला जातीमाथि भइरहेको विभेद र प्रहरी दमनविरुद्ध घुडा टेकेर विरोध जनाएपछि ट्रम्पले दिएको प्रतिक्रियालाई लिएर उनी निरन्तर कसरी राज्यका विभिन्न संयन्त्रमाथि प्रहार गरिरहेका छन् भनेर कभर स्टोरी गरेको थियो । ‘एनएफलविरुद्ध ट्रम्पको पछिल्लो युद्धका वास्तविकताहरू’ यसको शीर्षक थियो ।

नोभेम्बर ६, २०१७ ।

नोभेम्बर ६, २०१७ को अंकमा टाइमले ट्रम्पको क्याबिनेटबारे कभर स्टोरी गरेको थियो ।  जसमा क्याबिनेट नागरिक भन्दा पनि ट्रम्पप्रति बढी उत्तरदायी बनेको र ट्रम्पका कमजोरी लुकाउन कसरी भूमिका खेलिरहेका छन् भन्ने विषयलाई समेटिएको छ ।

जनवरी २२, २०१८ ।

त्यस्तै जनवरी २२, २०१८ को अंकमा ट्रम्पको रिपब्लिकन पार्टीसँगको सम्बन्धबारे कभर स्टोरी  गरेको छ । फेब्रुअरी ५ मा डाभोसमा आयोजित वल्र्ड इकोनोमी फोरममा ट्रम्पको उपस्थितिलाई कभर गरिएको छ । त्यस्तै फेब्रुअरी १२ को अंकमा न्यूक्लियर परिक्षणका लागि अमेरिकाको उर्जा विभागलाई ट्रम्पले निर्देशन दिएपछि त्यसलाई उनले खेलिरहेको ‘खतरनाक खेल’ का रूपमा टाइमले कभर गरेको थियो । अप्रिल २३ को अंकमा टाइमले सन् २००६ देखि ट्रम्प्को निजी वकीलका रूपमा कार्यरत माइकल कोहनविरुद्ध ट्याक्स छलि र बैंकिङको कसुरको मुद्दा लागेपछि निलम्बित भए । सोही विषयलाई लिएर ट्रम्पले लामो समय कसरी अमेरिकाको हितविपरित काम गरेका थिए भनेर टाइमले स्टोरी गरेको थियो ।

जुन १८, २०१८ ।

यो अंकमा म्यागजिनले ट्रम्पलाई ताना शाहका रूपमा प्रस्तुत गरेको थियो । सन् २०१६ को चुनावमा भएको रूसको हस्तक्षेपको विषयमा अनुसन्धान गरिरहेका वकील रोबर्ट मुएलरसँग ट्रम्पले आफ्ना निजी वकीलको सहायतामा दुव्र्यवहार गरेको र अनुसन्धानलाई विथोल्ने कोशिस गरिरहेको उल्लेख छ । टाइमले यदि यो हर्कत भयो भने महाअभियोग लगाउन सकिने अनुमान गरेको थियो । अन्यथा ट्रम्पको यस शैलीले अमेरिकी लोकतन्त्र नै धरापमा पर्ने चिन्ता टाइमले गरेको थियो ।

जुन २५, २०१८ ।

डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जँग उनबीच सिंगापुरमा भेट भएपछि टाइमले कभर स्टोरी गरेको थियो, ‘राष्ट्रपति ट्रम्पको उदण्ड कूटनीति’ शीर्षकमा । ट्रम्प र किमबीचको उक्त भेटको आलोचना अरू पनि सञ्चार माध्यमहरूले त्योबेला गरेका थिए । तर आफूले किमलाई भेटेर लाखौँको जीवन बचाएको र विश्वमा शान्ति कायम गरेको दावी ट्रम्पको थियो । त्यसैलाई टाइमले ‘आवेग र उदण्ड कूटनीति’ को संज्ञा दिएको थियो ।

जुलाई २, २०१८ । 

ट्रम्पले आप्रवासीर शरणार्थीमाथि अमेरिका प्रवेशमा कडाइ गर्ने घोषणा मात्रै गरेनन् महिनौँ हिँडेर सीमानामा पुगेका बालबालिकालाई पनि अमेरिका छिर्न दिएनन् । टाइमले कभरमा ट्रम्प सामु रोइरहेकी सानी बच्चीको तस्वीर राखेर हेडलाइन दियो, ‘वेल्कम टू अमेरिका’ । ट्रम्पको उक्त नीति अमेरिकी लोकतन्त्रको खिलाफमा भएको भन्दै टाइमले स्टोरी लेखेको थियो, ‘राष्ट्रपतिका तमाम कर्तव्य हुन्छन् । त्यसमध्ये एउटा हो हामी को हौँ भनेर भन्नु ।’ अमेरिकाको २४० वर्षको इतिहासमा कुनै पनि कार्यकारी राष्ट्र प्रमुखले यस्तो नीति नलिएको भन्दै निषेध गर्नु अमेरिकी लोकतन्त्रभित्र नपर्ने निष्कर्ष टाइमले निकालेको थियो ।

जुलाई ९, २०१८ । 

ट्रम्पले आप्रवाशी र शरणार्थीलाई अमेरिका प्रवेशमाथि कडाइ गरेपछि सयौँ बालबालिकाहरू आफ्ना अभिभावकसँग छुट्टिएर अलपत्र परेपछि त्यसले अमेरिकी लोकतन्त्रको बदनाम गरिरहेको विषय मिडियाले जोडतोडले उठाइरहेका थिए । त्यहिबेला अदालतले त्यसरी अभिभावकसँग छुटिएका बालबालिकालाई पुनरमिलन गराउन आदेश दिएपछि टाइमले ट्रम्पलाई लोकतन्त्र जोगाउने अवसरका रूपमा लिन सुझाउँदै लेखेको थियो, ‘कसैको परिवारलाई अलगथलग गर्नुभन्दा मिलाउनु ट्रम्पका लागि धेरै सहज हुनेछ ।’

सेप्टेम्बर ३, २०१८ । 

ट्रम्पले राष्ट्रपतिका हैसियतमा गरेका तमामा विरोधाभासपूर्ण कार्यले उनलाई एकपछि अर्को समस्यामा तानिरहेको निष्कर्ष टाइमको थियो । सन् २०१६ को राष्ट्रपति चुनावमा रूसलाई हस्तक्षेप गर्न मद्दत गरेकोदेखि आर्थिक कानून उल्लंघन गराएकोसम्म आरोप लागेर लामो समय ट्रम्पका निजी वकील रहेका माइकल कोहन हटेपछि उनी समस्यामा परेका थिए । यसले ट्रम्पलाई कतिसम्म असर गर्नसक्छ भन्ने विषयमा टाइमले कभर स्टोरी बनाएको थियो ।  

अक्टोबर २२, २०१८ ।

तिनै आधारहरूमाथि टेकेर अक्टोबर २२, २०१८ मा अर्को पनि कभर स्टोरी बनाएको थियो, ‘कसरी सिध्याउने छ ट्रम्पवादले ट्रम्पलाई’ शीर्षकमा । यसमा पनि ट्रम्पले सत्तामा बसेर गरेका मनोमानीका विषयलाई नै प्राथमिकताका साथ उठाइएका थिए ।

जनवरी २१, २०१९ । ट्रम्पले आफ्नो कार्यकालमा गरेका विवादीत कामहरूमध्ये एक हो, सामाजिक सञ्जालमार्फत विपक्षीविरुद्ध भ्रम फैलाउनु । उनको निसानामा पर्नेमध्येकी एक हुन् अमेरिकी संसदकी सभाभुख नान्सी पेलोसी । ट्रम्पले कसरी समझदारीमा गर्न सकिने विषयलाई अतिरञ्जित गर्छन् त्यसले उनलाई कसरी असर गर्छ भन्ने विषयमा टाइमले कभर स्टोरी ग¥यो । जसको ‘द्वन्द्वको कला’ शीर्षकको उक्त स्टटोरीको कभरमा गुलेली समातेर पर्खालमाथि बसिरहेका ट्रम्पले सभामुख नान्सीमाथि ट्वीटरका मट्यांग्रा प्रहार गरिरहेको स्केच राखिएको छ ।

जुलाई १, २०१९ ।

यतिका आलोचनात्मक कभर स्टोरी लेख्ने टाइमलाई ट्रम्पले एउटा अन्तर्वार्ता दिएका छन् । उक्त अन्तर्वार्ता जुलाई १, २०१९ को अंकको कभर स्टोरी बनेको छ । टाइमका ह्वाइट हाउस हेर्ने रिपोर्टर ब्रेन बेनेटले आगामी चुनावका लागि ट्रम्पले बनाइरहेका रणनीतिबारे फिचर गरेका छन् ।

अक्टोबर ७, २०१९ ।

अक्टोबर ७, २०१९ को अंकमा ट्रम्पमाथि लागेको पहिलो महाअभियोगबारेको कभर स्टोरी छ । जसमा ट्रम्पले युक्रेनका राष्ट्रपति वलोडिमिर जेलेनस्कीसँग गरेको कुराकानीलगायत विषयमा महाअभियोग लगाउने तयारी चल्दै गर्दा उनले कसरी यस विरुद्धको लडाई लडे भन्ने विषयलाई समेटिएको छ ।

मे २५, २०२० । 

कोरोना महामारीले पूरै विश्व आक्रान्त बनिरहँदा यतिबेलासम्म अमेरिकामा मात्रै ८४ हजार मानिसको ज्यान गइसकेको थियो । पूरै विश्वभर लकडाउन चलिरहेका बेला ट्रम्प भने अमेरिकी अर्थतन्त्र धरापमा परेको भन्दै यसको विपक्षामा अभिव्यक्ति दिइरहेका थिए । टाइमले कसरी बजार अर्थतन्त्रलाई कसरी खुला गर्न सकिन्छ र ट्रम्पले भनेको शैलीमा लकडाउन अन्त्य गर्दा कसरी समस्या उत्पन्न हुनसक्छ भन्ने विषयमा कभर स्टोरी ग¥यो । जसमा प्रत्येक ४ जना अमेरिकी नागरिकमध्ये ३ जना लकडाउनको पक्षमा रहेको तथ्य प्रस्तुत गरिएको थियो । 

अक्टोबर १९, २०२० । 

कोरोना महामारीबाट अमेरिकामा मात्रै २ लाख मानिसको ज्या गइसकेको बेला ट्रम्पले पनि कोभिड–१९ जाँच गर्दा संक्रमण देखिएको खबर आयो । उनी ३ दिनसम्म अस्पताल बसेर ह्वाइट हाउस फर्किए । त्यहाँ उनले विनामास्क समर्थकहरूलाई सम्बोधन गरे । त्यस विषयमा टाइमले ह्वाइट हाउसबाट कोरोना संक्रमणको मुस्तलो निस्किरहेको सांकेतिक तस्वीरसहित कभर स्टोरी छाप्यो, ‘डोनाल्ड ट्रम्पलाई कोभिड–१९ संक्रमण देखिनुले उनलाई व्यक्तिगत र राजनीति अस्थिरताको सामना गर्न बाध्य तुल्याइरहेको छ । तर उनी भने आफ्नो कमजोरी छोप्न मास्क खोलेर भाषण गरिरहेका छन् ।’

यसपछि सन् २०२० को चुनावमा पारजित भएपछि उनले ह्वाइट हाउस छोड्नु अघि जनवरी १८ मा ट्रम्प कभर स्टोरी बने, जुन उनी राष्ट्रपतिका रूपमा स्थान पाउने अन्तिम अंक हो । जनवरी ६ मा वासिंगटमा सम्बोधन गर्ने क्रममा उनले चुनावमा बेहोरेको हार अस्वीकार गर्ने भनेर दिएको उत्तेजक भाषणपछि  उनका समर्थकले अमेरिकी सदनमा तोडफोड गरे । त्यसै विषयमा टाइमले कभर स्टोरी ग¥यो, ‘डेमोक्रेसी अन्डर अट्याक’ शीर्षकमा ।


Comments

Popular posts from this blog

मर्यादा नाघ्ने तीव्र दौडमा चिनियाँ कूटनीतिज्ञ

अनुवाद: २० वर्षपछि अमेरिकी छनौटको इराक युद्धलाई फर्केर हेर्दा

बुसलाई किन जुत्ता हानेँ मैले?